Our Services


गलेश्वरधाममा गरिने धार्मिक तथा सामाजिक कार्यहरु :
क) गलेश्वरधाममा विशेष गरी रुद्रभिषेक, शिवमहापुराण लगाएत  देविभागत, श्रीमतभागवत, नारायणपुजा, पितृपुजा, लगाएत विभिन्न यज्ञ यज्ञादी गर्ने गरिन्छ।
ख) गलेश्वरधाम वृद्धाश्रामका वृद्धा तथा विद्यार्थीहलाई आवश्यकता अनुसार भवन, कोठा निर्माण, अन्नदान, तुलादान, लत्ताकपडा दान र भोजन गराउने जस्ता सामाजिक कार्यहरुमा दाताहरुले सहयोग गर्दै आएका छन्।
ग) गलेश्वरधाममा आउने धार्मिक र वाह्य पर्यटकहरुका लागि व्यवस्थित होटल, यात्री निवास, धर्मशाला, खाना नास्ता, पार्किङ्ग टिकेटीङ्ग यातायात सुरक्षा र पुस्तकालय समेतको सेवा सुविधाहरु उपलब्ध छन्।
घ) यस क्षेत्रमा विभिन्न खेलकुद तथा मनोरन्जनको साधनहरु पनि व्यवस्था गरिएको छ।
ङ) मुक्तिनाथ, दामोदरकूण्ड, पुलस्त्य पुलाश्रम र अन्य धार्मिक तथा पर्यटकिय क्षेत्रको दर्शन पुजन अवलोकनको व्यवस्था गरिन्छ।

गलेश्वरधाममा गरिने विभिन्न यज्ञयज्ञादी अनुष्ठानमा लाग्ने सहयोग रकम

[table]

क्र.स.,यज्ञ अनुष्ठानको नाम,आफै ब्राहमण ल्याई गराउदा रु.,मन्दिरको पूजारीबाट रु.

१,षडङ्ग रुद्री,१५५।-,३५५।-

२,एक रुद्री,३०५।-,५०५।-

३,सत्य नारायण पूजा,१५५।-,३५५।-

४,ब्रतबन्ध,३०५।-,५०५।-

५,बसाह तोरण सहित,,५०५।-
६,चण्डी पाठ,१५५।-,३५५।-

७,लघुरुद्री,११०५।-

८,साधारण वसाह,,१०५।-

९,साधारण विवाह,५०५।-,६०५।-

१०,विशेष विवाह,१००५-,१५०५।-

११,लक्ष्यवर्त्ति प्रज्वलन,५०५।-,६०५।-

१२,शत रुद्री,२१०५।-

१३,ग्रहशान्ति,१५५।-,२५५।-

१४,विभिन्न व्रत -साङेता,३०५।-,४०५।-

१५,श्रीमद् भागवत,३००५।-
१६,श्रीमद्देवीभागवत पुराण,३००५।-
१७,गणेश पुराण,२१०५।-
१८,शिवमहापुराण,४१०५।-
१९,एकहा,५०५।-
२०,पन्चरुद्री,७०५।-
२१,सामान्य यज्ञपाठ,१५५।-,३५५।-
२२,ठूलो गाडी,५०५।-
२३,सानो गाडी/जिप/ट्याक्सी/कार,२०५।-
२४,मोटरर्साईकल,१५५।-
२५, पितृतर्पण श्राद्ध,,२०५।-
२६,प्रतिमा विवाह -वेल शिला आँक,१५५।-,२०५।-
२७,१ महिने विभिन्न अनुष्ठ,१५०५।-
२८,तिर्थहवन -प्रतिव्यक्ती,,१०५।-
२९,बसाहा सहितको षडङ्ग रुद्री,२५५।-,३५५।-
३०,चौरासी साधारण,५०५।-
३१,चौरासी विषेश,१००५।-

[/table]

कर्ता आफै उपस्थित हुन नसकेमा कर्ताको नामबाट गराइने कार्यका लागि लाग्ने रकम ।

[table]

क्र.स,यज्ञ अनुष्ठाको नाम,रकम
१,षडङ्ग रुद्री,११२५।-
२,षडङ्ग रुद्री नरीवल/ रोट सहीत,२१०५।-
३,एक रुद्री,१६५५।-
४,एक रुद्री नरीवल/ रोट सहीत,२५०५।-
५,जपपाठ/पितृतर्पण,१५५५।-
६,लघुरुद्री,३१०५५।-
७,अपाङ्ग/असहाय/वृद्धवद्धा/साघुसन्त भोजन प्रतिछाक,६०००।-
८,शुभ जन्मोत्सव,२५५५।-

[/table]

यात्री निवास धर्मशालाभित्र पालन गर्नुपर्ने शर्तहरुः

कोठा नं १ एटेज वाथरुम वेड संख्या ४ प्रतिदिन रु ६००।-
कोठा नं २ एटेज वाथरुम वेड संख्या २ प्रतिदिन रु ३००।-
कोठा नं ३ एटेज वाथरुम वेड संख्या २ प्रतिदिन रु ३००।-
कोठा नं ४ कमन वेड संख्या ३ प्रतिदिन रु ३००।-
कोठा नं ५ कमन वेड संख्या ३ प्रतिदिन रु ३००।-
कोठा नं ६ कमन वेड संख्या ३ प्रतिदिन रु ३००।-
कोठा नं ७ कमन वेड संख्या ४ प्रतिदिन रु ४००।-
हलमा बस्नको लागि प्रति व्यक्ति रु ५०।- लाग्ने छ ।
१. यात्रीहरुको नाम दर्ता गर्नु पर्ने छ र भाडा रकम अग्रिम बुझाउनु पर्नेछ ।
२. आफै खाना पकाई खानेलाई भाडाँ निःशुल्क उपलब्ध हुनेछ ।
३. कुनै सामानको हानि नोक्सानी भएमा वा सामान हराएमा कोठामा बस्नेले क्षतिपुर्ती दिनुपर्ने छ ।
४. धुम्रपान, मद्यपान, मदिरापान निषेधित गरिएको छ ।
५. यात्रीहरुले आफ्नो सामानको सुरक्षा आफै गर्नुपर्ने छ ।
६. यात्रीहरुले फोहोर मैला डस्विनमा राखी आफु बसेको कोठा सफा सुग्घर राख्नु पर्नेछ ।
७. अग्रिम बुक गर्नेहरुलाई  प्राथामिकता दिइने छ ।
कम्पाउण्ड भित्र पार्किङ्ग शुल्क-प्रतिदिन)
१.बस रु २५०।-
२.जिप रु २००।-
३.कार/ट्याक्सी रु १५०।-
४.मोटरर्साईकल रु ५०।-

उल्लेखित यज्ञ अनुष्ठान बाहेकका अन्य कुनै कार्य गर्नुपर्दा सचिवालयमा सम्पर्क गरी तोकिएको रकम बुझाउनु पर्ने छ ।
अन्य थप जानकारीका लागि सर्म्पर्क फोन नं. ०६९-४११०९०, ९८५७६४०५०५ (बमबहादुर पुन)

गलेश्वर क्षेत्र विकास कोष
गलेश्वरधाम, म्याग्दी