शिवालय क्षेत्र विकास कोषको आगामि योजना तथा कार्यक्रम


  • गलेश्वरधामको गुरु योजनाले निर्धारित गरेका तत्कालिन, अल्पकालिन, मध्यकालिन योजनाहरु प्राय सम्पन्न भै सकेका छन् ।
  • दिगो योजना मुताविक निम्न कार्यक्रमहरु क्रमशः निर्माण तथा सञ्चालन गर्दै जाने कोषको निति तथा योजनामा रहेको छ ।
  • गलेश्वरधाम क्षेत्र र बजार क्षेत्र संरक्षणका लागि कालिगण्डकी रघुनदी नियन्त्रण गुरु योजनालाई निरन्तर सञ्चालन गर्दै दिगो संरक्षण गर्ने ।
  • क्याम्पिङ्ग क्षेत्रमा बहुउद्देश्यीय वाटिका -पार्क) र स्विमिङ्ग पुल निर्माण तथा सञ्चालन गर्ने ।
  • हाल ५ कक्षाबाट सञ्चालन भएको संस्कृत विद्यालयलाई माध्यामिक विद्यालयसम्म स्तर उन्नति गर्दै १२ कक्षासम्म सञ्चालन गर्ने ।
  • शिवालय मूल मन्दिरको छाना तामा वा पितलले छाउन र गजुरलाई सुनको लेस लगाउन दानाहरुसँग अनुरोध गर्ने ।
  • कोषको माताहातमा सञ्चालित गलेश्वरधाम जेष्ठ नागरिक आश्रम र अन्नदान क्षेत्रलाई थप सुविधा सम्पन्न र व्यवस्थित गर्दै जाने ।
  • जिर्ण्र्हुँदै जाने मठ मन्दिर, देवालय, शिवालय, धर्मशाला, वृद्धाश्रम, अन्नदान  क्षेत्र लगाएतका संरचनाहरुको ममत सुधार गर्दै जाने ।
  • गलेश्वरधाम, मुक्तिनाथ आवागमन गर्ने तिर्थयात्री, दर्शनार्थी, साधुसन्त पर्यटकहरुलाई आवश्यकता अनुुसार आवास भोजन र अन्य थप सेवा सुविधा उपलब्ध गराउदै जाने ।
  • गलेश्वरधामको धार्मिक, सामाजिक, पर्यटकिय महत्व बारे देश विदेशका विभिन्न मुलुकमा व्यापक प्रचारप्रसार गरी बढिभन्दा बढि पर्यटकहरु भित्राउने ।
  • गलेश्वरधाम आसपासका पर्यटक र धार्मिक स्थलहरुसँग समन्वय गरी यस क्षेत्रको विकास गर्ने ।
  • त्रिवेणीधामदेखि गलेश्वरधाम हुँदै मुक्तिनाथ, दामोदरकूण्डसम्म कालिगण्डकी कोरेडोर क्षेत्रमा रहेका तिर्थस्थलहरुसँग समन्वय गरी धार्मिक तथा वाहृयि पर्यटकहरु भित्राउन विभिन्न योजनाहरु सञ्चालन गर्दै जाने ।
  • कालिगण्डकी र शाल्रि्रामको महत्त्वबारे प्रचार प्रसार गरी कालिगण्डकीलाई सफा राख्न प्रयास गर्ने ।
  • कोषका पदाधिकारी तथा सदस्यहरुलाई स्वदेश तथा विदेशका विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुको अध्ययन भ्रमण गर्राई अनुभव आदान प्रदान गर्दै जाने ।
  • बैदिक सनातन धर्मको संरक्षण सर्म्बर्द्धनका लागि धार्मिक सभा सम्मेलन प्रचार प्रसार, प्रवचन गोष्ठी, यज्ञयज्ञादी र योग साधना, ध्यान जपलाई प्रथामिकता दिने ।
  • माथि उल्लेखित योजना तथा कार्यक्रमहरु निर्माण, सञ्चालन र व्यवस्थापनका लागि चाहिने साधन र श्रोतहरु स्वदेशी तथा विदेशी दाता, विभिन्न मुलुकमा कार्यरत नेपालिहरुको संघ,संगठन, नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग, स्थानिय निकायवाट प्राप्त अनुदान सहयोग, माहायज्ञको  शेषरकम, चन्दादाताहरुबाट प्राप्त नगदी जिन्सी सहयोग र कोषको आन्तरिक साधन श्रोतबाट निर्माण तथा सञ्चालन गरिने छ ।