About Us


धर्मो रक्षति रक्षित

गलेश्वरधाम दर्शन

galeshwor-dham-_-2073-final_page44_image1

पृष्ठभूमिः धार्मिक मूल्य र मान्यतामा लामो इतिहास बोकेको नेपालमा ८५ प्रतिशत नेपालीहरू वैदिक सनातन हिन्दु धर्म, धार्मिक मूल्य, मान्यता, संस्कृतिक र संस्कारमा ठूलो आस्था र विश्वास राख्दछन् । अनेकौ पवित्रतम् तिर्थ स्थल, नदी, पर्वत र हिमश्रृंखलाहरूले भरिभराउ यो भूमिमा ऋषिमुनिहरूले अनन्तकालसम्म तपस्या, योग साधना, भगवत्पूजन र समाधिस्थल बनाएर पवित्र तुल्याएका थिए यो धर्तीलाई । त्यस्तै योग साधना र तपस्याका लागि सिद्धपीठको रूपमा रहेको पवित्र तिर्थस्थल हो गलेश्वरधाम । धार्मिक, ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्वपूर्ण मानिएको गलेश्वरधाम रहुनदी र कालीगण्डकीको पवित्र संगममा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित छ । पूर्वमा कृष्णागण्डकी, गायत्री मन्दिर, पश्चिम कालान्जरवन, पुलहाश्रम, उत्तरमा सप्तऋषिहरूको तपोभूमि रिखार, धवलागिरि हिमश्रृंखला र मुक्तिनाथ, दक्षिण म्याग्दी सदरमुकाम बेनीबजार र म्याग्दी नदी रहेका छन् । बेनीबजारबाट तीन कि. मि. उत्तरतर्फमुक्तिनाथ प्रवेशद्वारको रूपमा रहेको यो धाम मुक्तिद्वारको नामबाट पनि चिनिन्छ । नेपाल र भारतको सीमाक्षेत्र र राजधानी काठमाडौं हुँदै पोखराबाट गाडीमा दुइ घण्टा र बेनीबजारबाट पैदल ३० मिनेट, गाडीमा १० मिनेटमा पुगिन्छ । हाल गलेश्वरधामसम्मको सडक कालोपत्र भइसकेको छ । गलेश्वरधाम नामकरणः श्रीभद्भागवत् पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी नदीको किनारै किनार हिमालय पर्वततर्फजाँदै गर्दा यसै स्थानमा सतिदेवीको गला पतन हुँदा ज्योतिर्लिङेश्श्वोर महादेव उत्पन्न भई शिवशक्ति स्वरूपले रहनुभएकोले यो तिर्थ को नाम गलेश्वरधाम रहन गएको विश्वास गरिन्छ । साथै, गालव ऋषिले यसै धाममा शिवजीको तपस्या गरेकाले पनि गलेश्वर नामले प्रसिद्ध हुन गएको भन्ने विश्वास गरिन्छ । स्कन्दपुराणको केदारखण्डअर्न्तर्गत श्रीस्वस्थानी व्रतकथामा यसै स्थानमा गला पतन भएको लेखिएको पाइँदैन र पनि सतिदेवीका साढेसात करोड पीठहरूमध्ये केही पीठहरूको मात्र कथामा उल्लेख हुनुले सतिदेवीको गला पतन भई गलेश्वर ज्योतिर्लिङेश्श्वोर महादेव उत्पत्ति भएको विश्वास गरिन्छ । साथै, श्रीमद् भागवत् पुराणअनुसार कपिलमुनि र भगवान् श्रीकृष्णका दाजु बलरामसमेतले गलेश्वर ज्योतिर्लिङेश्श्वोरको दर्शन गरेको भनिन्छ ।

galeshwor-dham-_-2073-final_page44_image48

ऐतिहासिक, पौराणिक धार्मिक महत्त्व: –

गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्क, शाल्रि्राम, जलकुण्ड, शंखचक्रहरू, नागमणि आदि चक्राकाररूपी चिहृनहरू मानवनिर्मित नभई स्वयं उत्पन्न नित्य सनातन हरिहरस्वरूप भएकाले यो धामको उत्पत्तिलाई कुनै कालखण्डमा सीमित गर्न मिल्दैन । यो अनादि र अनन्त वैदिक सनातन धर्मको धरोहर र राष्ट्रको अमूल्य निधि हो । भगवानको अवतार मानिने ऋषदेवका जेष्ठ पुत्र राजा भरत समुद्रकिनारदेखि हिमालयसम्मको समग्र भू-भागमा विश्वकै पवित्र तिर्थस्थलको खोजी गर्दै गर्दा यो धाम नै उत्तमोत्तम भएकोले राजा भरतले यसै धाममा तपस्या गर्नुभएको र ब्रम्हाजीका मानसपुत्र महर्षी, पुलस्त्य पुलह, राजारहुगण, गालव, वशिष्ठ, कपिलमुनि, ब्रहानिष्ठ योगीराज स्वामी इश्वरानन्द ब्रमाहाचारी “गलेश्वरबाबा” जस्ता कैयौं सिद्ध महात्माहरूले यसै तिर्थस्थलमा तपस्या गरी सिद्धि प्राप्त गरेकाले गलेश्वरधाम ऋषिमहषिर्हरूको तपस्थली साधकहरूको साधनाभूमि मानिन्छ । यो तिर्थस्थललाई भगवानको कण्ठ भनिएको छ । दामोदरकुण्ड शिर, मुक्तिनाथ मुख, गलेश्वर गलो, देवघाट नाभी र त्रिवेणीलाई पाउ मानिएकोले पनि गलेश्वरधाम पौराणिक, धार्मिक, अध्यात्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले अति महत्वपूर्ण छ ।

jal-bramha-kunda

अलौकिक धाम:

विश्वमै कही कतै फेला नपरेको कृष्णागण्डकीको तटबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्र शिवशिलामाथि स्वयं प्रकट ज्योतिर्लिङ्केश्वर महादेव, शिलाको उच्च भागमा कस्तै सुख्खा याममा पनि नसुक्ने जलबराह कुण्ड, गणेश शिवलिङ्ग, शालिग्राम, शंखचक्र, नागदेवता र भगवानका पाउ चिन्ह हरू स्वयं प्रकट भएको प्रत्यक्ष दर्शन पूजन गर्न सकिने कहिले ढुङ्गा टुसाउने कहिले हराउने हुदा यस धामलार्इ विश्वकै अदभुत र अलाैकिक तिर्थस्थल भनिएको हो।

धार्मिक विश्वास एवं मान्यताः

भक्तहरूले जुन चाहनाले  भाकल गरी यस तिर्थस्थलमा दर्शन,  पूजन, यज्ञ,यज्ञादि गर्दछन्, उनीहरूको मनोकामना पूरा भएका अनगिन्ती उदाहरणहरू  पाइन्छ । सन्तान नहुनेलाई सन्तान, विद्या, वृद्धि, द्रव्य  प्राप्ति, वेपत्ता भएकाहरू घर फर्केका,  महारोग निवारण र पारिवारिक सुख, शान्ति, समृद्धिलगायतका  मनोकामना  पूरा हुने    हु दा ठूलो  आस्था र विश्वासका साथ दर्शनार्थीर्हरूले पूजा अर्चना गर्छन्  । पौराणिक कालदेखि  गलेश्वरधाममा रोट चढाउने चलन रहेको र बाच्छी, बहर र सुनचादीका १०८ बेलपत्र चढाउनेहरूको भाकल पूरा भएको भक्तहरू आफै बताउछन्  । शिवालय क्षेत्र विकास कोषले शिवालयको चौतर्फी विकास गर्ने उद्देश्यले सुरु गरेको सम्भव- असम्भव योजनाहरू तथा कार्यक्रमहरू शिवशक्तिकै  कारण पूरा हुदै आएका छन् । राज्यका तर्फबात भन्दा पनि शिवभक्त दाताहरूको  सहयोगमा धेरै कार्य सम्पन्न भएको शिलालेख बाट अवगत गर्न सकिन्छ ।  गलेश्वर भगवानले भक्तहरूको मनकामना  त  पूरा गर्दछन्  नै तर देवाधिदेव महादेवप्रति अनास्था, अपहेलना, अपमान गर्ने, शिवस्वको नाजायज फाइदा उर्ठाई लोभानी  पापानी गर्ने जो कोहीलाई प्रत्यक्ष/अप्रत्यक्षरूपमा  हानि नोक्सानी, अकाल र अल्पमृत्यु भएको समेत प्रमाणहरू धेरै छन् । जहा शिव त्यहा शक्ति हुने  हुदा  यस धाममा  पनि  श्री नवदुर्गा भवानी माताको मुर्ती स्थापना  गरी पूजा  आराधना गरिन्छ ।

bg

ज्योतिर्लिङ्ग चक्रशिलाः-

गलेश्वरधामको अर्को अनौठो विशेषता हो, कृष्णागण्डकीबाट   उठेर नौ  रोपनी क्षेत्रफलमा फैलिएका एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपुर्वी कोणमा अवस्थित मूल मन्दिरभित्र स्वयं उत्पत्ति भएका ज्योतिर्लिङेश्श्वोर महादेव विराजमान हुनुहुन्छ । चक्राकार शिलाको उच्च भागमा पातालमा पुगेकी पृथ्वीलाई जलमध्यबाट  श्री विष्णु  भगवानले बराह अवतार लिएर उद्धार गर्नुभएको स्मरण गराउने पानीको स्रोत नभएर पनि जस्तै सुख्खा याममा   पानी नसुक्ने जलबराहकुण्ड लाई दैवीक चमत्कारको रूपमा लिइन्छ । चक्राकार जलबराहकुण्डको दर्शन, पूजन, अभिषेक गर्नाले समस्त पाप र ताप नाश भई त्रितापबाट  मुक्ति  मिल्दछ । चक्राकार शिलामाथि  ठाउ ठाउँमा शिवलिङ्ग, शालिग्राम, शंखचक्र, श्रीगणेश र नागमणिका आकृतिहरू स्वयं प्रकट भएका हुदा चक्राकार  शिला नै शंकर र विष्णुका चरणचिहृन हरिहर स्वरूप  हुन् । विश्वमा  कहीँ पनि फेला नपरेको नौ रोपनी क्षेत्रफलको विशाल चक्रशिलामाथि सबै देवीदेवता उत्पत्ति भएकाले यो अद्भुत  र अलौकिक चक्रशिलामाथि  लक्ष्मी-नारायण, पाञ्चायन देवता, १०८ शिवलिङ्ग, यज्ञमण्डप, हवनकुण्ड, राधाकृष्ण र जडभरतद्वारा राजर्षी रहुगणलाई उपदेश  दिदै गरेको मुर्ती, राजाभरत, मृगरुपी भरत, नवदुर्गा भवानी, कामधेनु गाई नवनिर्मित राधाकृष्ण मन्दिर, गलेश्वरबाबाका मुर्ती हरूलगायत अन्य मठमन्दिर अवस्थित छन् । चक्रशिलामाथि रहेका शिवलिङ्ग देवी देवताहरू दर्शन पूर्व शिलाको पूर्वी पथमार्गबाट राजा भरतको तपस्थली गुफा हुदै कृष्णागण्डकी स्नान गर्न जान सकिन्छ  ।

dsc_0853

दर्शन, पूजा विधि र व्यवस्थाः

गलेश्वर ज्योतिर्लिङग स्वयं उत्पन्न भएकाले यसको उत्पत्ति र ऐतिहासिकता, नित्य दर्शन पूजन परम्पराबारे कही किटानी भएको पाइँदैन । नाथ नामका व्यक्तिले खरको पहिलो कच्ची मन्दिर बनाएको भन्ने गलेश्वरको झूत्रो लालमोहरमा उल्लेख छ । शिवालयमा प्रत्येक विहान वैदिक विधि विधानअनुसार नित्यपूजा, अर्चना र शिवस्तोत्रका साथै रुद्राभिषेक, हवन, आरती र पुष्पाञ्जलि गरिन्छ । नित्य पूजापश्चात्  मात्र भक्तहरूका लागि दर्शन  पूजन गराइन्छ । साथै यज्ञ-यज्ञादि, जपपाठ गर्ने कार्यहरू नित्य निरन्तर  भइरहन्छन् । साझमा पनि नित्यपूजा, अर्चना, आरती, पुष्पाञ्जलिपछि मन्दिर बन्द गरिन्छ । यस धामको  स्थायी आयस्रोत केही नभएकोले शिवालयको नाममा विभिन्न ठाउमा रहेको १२५ रोपनी  जग्गा २०४६ सालमा मोहीले रैतानीमा दर्ता  गरिसकेका, रैतानी गरेवापतको रकम गुठी संस्थानमा जम्मा भए पनि हालसम्म सावा- ब्याजवापत केही प्राप्त नभएको, हाल शिवालय परिसर क्षेत्रमा ६० रोपनी जग्गा रहेको छ र मन्दिरकोे पूजा अर्चना, पुजारी कर्मचारीको पारिश्रमिक र अन्य खर्च दर्शनार्थीहरूले चढाएको  भेटीबाट चलेको छ।

kaligandaki-rahu-nadi-sangam-sthal

शालिग्रामी, कृष्णागण्डकीः

नेपालको शिरोभाग दामोदरकुण्ड र भगवान् विष्णुलाई  शंकर  भगवानले  वरदान दिएको स्थल  मुक्तिनाथबाट  जलप्रभावित  हुँदै  बगेकी कृष्णागण्डकी  र सप्तऋषिहरूको  तपोभूमि रिखार धौलागिरि हिमशृङखलाबाट बगेकी रहुनदीको संगमस्थल यो धामलाई त्रिवेणीधाम पनि भनिन्छ । कृष्णागण्डकीले नाना प्रकारका चक्रमय शाल्रि्राम उत्पादन गर्ने  हुनाले  यी नदीलाई चक्रनदी  र सधैँ कालो पानी बग्ने हुदा कालीगण्डकी  पनि भनिन्छ । विष्णु भगवानको अवतार मानिएको  शाल्रि्राम  उत्पादन गर्ने विश्वको एउटै मात्र पवित्र कृष्णागण्डकी  नदीले गलेश्वर भगवानको पाउ छुँदै बग्ने हु“दा “कृष्णाका तटका ढुङ्गा देवता कहलाउछ, भनिएको  छ । जसले कृष्णागण्डकी स्नान गरी ज्योतिर्लिङ्केश्वर  महादेवको दर्शन, पूजन, यज्ञयज्ञादि र पितृतर्पण गर्ने गर्दछन्, उसलाई उत्तमोत्तम पुण्य मिल्नुका साथै पुनर्जन्म लिनु नपर्ने विश्वासले पनि यो क्षेत्रको ठूलो महिमा रहेको छ ।

dsc_0879dsc_0877

राजाभरत/जडभरत:

राजाभरत महान् भगवानभक्त थिए । आफ्ना पिता ऋषभदेवले पृथ्वीको रक्षार्थ भरतलाई राजकाज सुम्पनुअघि भरतवर्षाई अजनव  वर्ष भनिन्थ्यो  । पछि राजाभरतको नामबाट भरतवर्ष हुन गएको भन्ने श्रीमद् भागवतको पञ्चमखण्ड भरत चरित्रमा उल्लेख भएको पाइन्छ । राजाभरत सबै विषयको ज्ञाता भएकाले उनको राज्यमा कोही दुःखी, दरिद्र थिएनन्, सबैलाई सुुख शान्ति समृद्धि प्राप्त थियो  । सयौं वर्ष राज्य भोगपछि  आफ्ना छोराहरूलाई राज्य सुम्पेर बाकी जीवन संसारकै पवित्र तिर्थस्थलमा तपस्या गरी मुक्ति पाउने उद्देश्यले हिमालय तर्फ लाग्दै गर्दा चक्रनदी -कालीगण्डकी) को तटमा प्रसिद्ध चक्राकार शिव शिलामा स्वयं प्रकट ज्योतिर्लिङेश्श्वोर महादेव शालिग्राम रहेको गलेश्वरधामको गुफामा बसेर दैनिक कृष्णागण्डकी स्नान र शंकर भगवानको आराधना तपस्या गर्दै सुर्यलाई जल अर्पण  गर्दा राजा भरतको हातमा मृग सावक -बच्चा) परेकोले त्यो मृग सावकको पालणपोषण गर्दै  गर्दा राजाभरतको मृगसावकप्रति आशक्ति बढ्दै जपतप साधनाभन्दा पनि सावकप्रति आसक्ति भएका र एक दिन मृगसावक नजिकै रहेको कालन्जरवनमा आएका मृगको बथानमा मिसिएर आश्रममा  नफर्किए पछि राजाभरतको मृग बच्चाप्रति  चिन्ता बढ्दै गयो र अन्त्यमा  मृग आशक्तिकै कारण राजाभरतको मृत्यु भयो र दोस्रो  जन्ममा राजाभरत मृग योनिमा  जन्म लिई यसै कालन्जरवनमा मृगरूपी जीवन व्यतित गर्दै   गर्दा  आफू राजा  भरत  भएको र मृग आसक्तिका कारण मृगयोनिमा  जन्म लिनुपरेको स्मरण भएपछि कृष्णागण्डकीमा देहत्याग गरी व्रि्पवर नामका उच्चकोटिका ब्राम्हाणकी कान्छी पत्नीको  गर्भबाट पुत्रका रूपमा भरतको पुनर्जन्म भई ब्राम्हाणत्व  प्राप्त गरेका राजा भरतलाई पूर्वजन्मको स्मरण भएकाले फेरि कुनै  योनिमा जन्म लिनु नपरोस् भनी जडस्वरूप  दिनचर्या बिताउँदै पहिलो जन्ममा तपस्या गरेको यसै गलेश्वरधाममा जडभरत  नामले तपस्या साधना गरी बसेको अवस्थामा ज्ञानपिपासु राजषिर् रहुगणले जडभरतबाट दिव्य उपदेश  लिँदै  शिष्यत्व  ग्रहण गरेका थिए । यसरी  राजाभरत, मृगरूपी भरत  र जडभरतले तीनै जन्ममा तपस्या गरी अमरत्व प्राप्त गरेको र राजा रहुगणले ज्ञान पाएको ज्ञानभूमि र सिद्ध  भूमि हो गलेश्वरधाम  ।

dsc_0898galeshwor-dham-_-2073-final_page44_image26

संस्कृत विद्यालयः

धर्म, संस्कृति र संस्कारको जगेना गरी वैदिक सनातन धर्मको संरक्षण संर्वर्द्धन गर्ने उद्देश्यले यस धाममा धेरै वर्ष अगाडिदेखि सञ्चालन हुँदै आएको शालिग्राम गण्डकी संस्कृत वेद विद्यालयलाई निरन्तरता दिँदै विद्यालयमा अध्यनरत छात्र/छात्रा अध्यापकहरूलाई आवास, भोजन, लत्ताकपडा र औषधी उपचार निःशुल्क प्रदान गरिदै आएको छ । हाल २० जना विद्यार्थीहरू -वटुक) ले संस्कृत लगायत नेपाली, गणित अंग्रेजी, लगायत सबै विषय अध्ययन गरिरहेका छन् ।

dsc_0903

धर्मशाला यात्री निवासः-

शिवालय मन्दिर परिसर, अन्नदान क्षेत्र, राधाकृष्ण मन्दिर क्षेत्रमा निःशुल्क र सशुल्क एटेच्ड बाथरुमसहितको शौचालय पार्किङको सुविधासम्पन्न यात्री निवास धर्मशाला उपलब्ध छन् । एकै दिनमा ३०० जना भन्दा बढी दर्शनार्थी तिर्थयात्रीहरूलाई खान बस्नको व्यवस्था उपलब्ध छ ।

gaushala

गौशालाः

मन्दिरको आवश्यकतानुसार हाल अस्थायी गौशालामा ५ वटा गाई र बाच्छी रहेका छन् । भविष्यमा स्थायी गौशाला निर्माण गर्ने लक्ष्य राखिएको छ । प्रत्येक दिन शिवालय देवालय मठ मन्दिरमा गाईको दुग्धधारा अर्पण गरिन्छ ।

bahuuddesyiya-satsang-sewa-sadn

बहुउद्देश्शीय सत्संग सेवा सदन :

यस क्षेत्रमा धार्मिक, आध्यात्मिक, सांस्कृतिक, सत्संग यज्ञयज्ञादि, सप्ताह, पुराण, प्रवचन, सभा सम्मेलन, गोष्ठी सेमिनार, विवाह, शुभजन्मोत्सव, पास्नी, पार्टी भोजनका लागि सुविधासम्पन्न बहुउद्देश्शीय सत्संग सेवा सदन उपलब्ध छ । कोषका कार्यक्रमबाहेक अन्य कार्यक्रमका लागि सामान्य शुल्क लिने व्यवस्था गरिएको छ । साथै, वरिष्ठ अतिथि आश्रमको पनि व्यवस्था गरिएको छ । जप, ध्यान र साधना गर्न इच्छुक भक्तजनहरूलाई साधनाको लागि विशेष स्थानको व्यवस्था गरिएको छ ।

dsc_0897

तिर्थयात्री व्यवस्थापनः

गलेश्वरधाम, मुक्तिनाथ, दामोदरकुण्ड, पुलहाश्रम लगायतका तिर्थस्थलहरूमा आगमन गर्ने हजारौँ स्वदेशी तथा विदेशी तिर्थयात्रीहरूलाई आवास, भोजनको व्यवस्थाका साथै आवश्यक सुझाव, सल्लाह र सम्बन्धित स्थानमा पुग्न गाडी, टिकटलगायत अन्य सेवा सुविधा प्रदान गरिन्छ ।

library20161112_133925

धार्मिक पुस्तकालयः

विगत  केही वर्षता सनातन वैदिक,  धार्मिक, सांस्कृतिक र आध्यात्मिक विषयका पुराण शास्त्रहरूका पुस्तकहरू क्रमशः लोभ  हुँदै गएकाले गलेश्वरधाम परिसरमा धर्मिक आध्यात्मिक पुस्तकालय  स्थापना र सञ्चालन गरिएको छ। लोप हुन लागेका हस्तलिखित लगायत  धेरै पुस्तक संकलन भइसकेको  र वैदिक सनातन धर्मसम्बन्धी  सबै विषयका पुस्तक संकलन गरी  भविष्यमा धार्मिक  पुस्तक, शास्त्र एवं  पुराणहरूको अभाव  नहोस् भन्ने  उद्देश्यले स्थापना गरिएको यस पुस्तकालयका  लागि इच्छुक महानुभावहरूबाट   तत्सम्बन्धी  पुस्तक पुस्तकालयलाई उपहार स्वरूप  प्राप्त भईरहेका छन् ।

img_20150928_095256_3cs

पितृ श्राद्धः

शाल्रि्रामरूपी कालीगण्डकीको तटमा रहेको यस धाममा वैदिक विधिअनुसार पिट्ट्रीतर्पण श्राद्ध गर्नाले पितृहरूको उद्धार हुनुका साथै मुक्ति प्राप्त हुने हु“दा पितृतर्पणस्थलको व्यवस्था गरिएको छ । मुक्तिद्वारको रूपमा रहेको गलेश्वरधाममा पितृपूजा श्राद्ध गरेमा काशी गयाजीमा तर्पण श्राद्ध गरेकोभन्दा उत्तम फल मिल्ने  भएकोले स्वदेश/विदेशका हजारौं भक्तहरूले यहीँ आई पितृतर्पण श्राद्धका साथै मातापिताको मुख हेर्नै औंशीमा पनि धेरै भक्तहरू पितृ पुजाका लागि भेला हुने गर्दछन् । त्यहाँ पितृहरूलाई अर्पण गरिएको जल पुनः  सीधै कालिगण्डकीमा  जाने व्यवस्था मिलाइएको छ ।

bhagawanko-pad-chinha

कर्ताबेगरको पूजाः

गलेश्वरधाममा रुद्राभिषेक, पूजापाठ, जन्मोत्सव, तर्पण यज्ञ गर्ने चाहना र भाकल गरेका तर कर्ता स्वयं उपस्थित हुन नसकेको अवस्थामा कर्ताको इच्छाअनुसार फोन सर्म्पर्कबाट पाठपूजा यज्ञयज्ञादि, वृद्धभोजन गरी गर्राई सम्भव भएसम्म प्रसाद पुर्‍याइदिने र पूजाखर्च बैंक, मनी ट्रान्फर मार्फत पठाउन सकिने व्यवस्था छ ।

dsc_0899

फलफूल बिक्री, चमेना गृहः

गलेश्वरधाममा दर्शन, पूजन, यज्ञयज्ञादि, पूजा अर्चना गर्न आउने श्रद्धालु भक्त सज्जन तिर्थयात्रीहरूका लागि फलफूल प्रसादको सहजताका लागि शिवालय मूल प्रवेशद्वारअगावै पसल कवलमा पूजा साम्रगी व्यवस्था र शाकाहारी चमेनागृहमा चिया, नास्ता र सात्विक भोजनको व्यवस्था गरिएको छ । स्वयं पाक्यहरूका लागि र यज्ञ यज्ञादि गर्न आउने भक्तजनहरूलाई अन्य क्षेत्रमा प्रसादि बनाइदिने साथै आवश्यक सामान उपलब्ध गराइने गरिन्छ ।

शिवालय क्षेत्रमा निषेधित वस्तुहरूः

शिवालय क्षेत्र परिसरमा धुम्रपान, मद्यपान, मांस एवं लागू पदार्थ निषेध छ । छालाका सामान, जुत्ता चप्पलहरू भित्री द्वारभन्दा बाहिरै राख्ने व्यवस्था गरिएकोले चक्रशिला क्षेत्रमा निषेधित वस्तुहरू लैजान, खानपान गर्न नपाइने र मूल मन्दिरभित्र क्यामरा वा मोबाइल फोनबाट फोटो खिच्न निषेध छ । शिवालय मन्दिरभित्र वैदिक सनातन धर्मालम्बीहरूलाई बाहेक अन्यलाई प्रवेश निषेध छ ।

dsc_0904

अष्टसिद्धि प्राप्त स्वामी गलेश्वरबाबा -इश्वरानन्द:

शिवालय  मन्दिरदेखि  उत्तरपुर्वी कोण रहुनदी  र  कृष्णागण्डकीको  संगमस्थलमा  शंकर भगवानको तपस्या र गायत्रीको  साधन  गरी बसेका नागबाबाको आश्रम गायत्री तिर्थस्थलले प्रसिद्ध छ । गलेश्वर शिवालयको दर्शन गर्दा बाघको छाला ओढ्ने, अन्य समय लगौंटीमात्र लगाउने   बाबालाई सबैले नागबाबा नामले चिन्दथ्ये । नागबाबाले  नाम, उमेर र जन्मस्थल कसैलाई नभन्ने हु“दा धेरै समयपछि मात्र उहाको नाम “इश्वरानन्द बाबा”  भनी थाहा भएको हो । शंकर भगवान् र गायत्रीको साधनाले  उहालाई अष्टसिद्धि प्राप्त भएको थियो । श्रावण/भदौको भेलमा पनि काठको खराउ लगाई गण्डकी  नदीमाथि हिँड्ने,  कहिले  बाघको रूप धारण गर्ने, कहिल्यै भिक्षा नमाग्ने, कसैलाई चेली, चेला नबनाउने, बाबाको  आश्रममा आउने सबैले भोकै  बस्नु नपर्ने, अदभुत शक्ति थियो बाबाको  । नागबाबा  कहिलेदेखि गलेश्वरमा बस्न थाल्नुभयो  भन्ने कहीँ उल्लेख भएको पाइँदैन । गलेश्वर बाबा आश्रम देवघाटमा बस्ने मैयादेवी श्रेष्ठ २०२२  सालमा मुक्तिनाथबाट र्फकदा गलेश्वरमा बाबालाई  भेटी देवघाटमा जान आग्रह गरेअनुसार  बाबा देवघाट  जानुभएको मैयादेवी  बताउनुहुन्छ । मैयादेवीका पिताले बाबाको सेवा गरी  बस्दाको समय  मैयादेवीलाई चिनेको  कुरा उनी  बताउँछिन्। नागबाबा देवघाट जानुअघि देवघाटको महत्त्वबारे मानिसहरूलाई  धेरै जानकारी थिएन होला, बाबाको  सिद्धि र शक्तिले देवघाटको विकास गरी देवघाटधामलाई नेपालका   चार धाममध्ये  एक धामको रूपमा विकास गर्नुभयो । वि.संं.  २०३० सालमा पशुपतिक्षेत्रमा भएको विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन  गर्दा  बाबाले  आफ्नो नाम गलेश्वरबाबा भनी उद्घोष  गर्नुभएदेखि  उहाको नाम गलेश्वरबाबा रहन गयो । त्यस बखत  उहालाई १२५ वर्ष गलेश्वरबाबा  भनी प्रचार गरिएको थियो  । यसरी गलेश्वरधाममा लामो समयसम्म शिवशक्ति र गायत्रीको उपासना  गरी गलेश्वरबाबा नामले विश्वप्रसिद्धि  पाउनुमा गलेश्वर भगवानकै  आशिर्वादकै कै कारण भएकोमा  दुर्इमत हुन सक्दैन । मैयादेवीको  भनाइअनुसार गलेश्वरबाबाले २०३२ सालमा स्वइच्छाले देवघाटधाममा समाधि लिनुभएको थियो । बाबाले अष्टसिद्धि प्राप्त गरेको गलेश्वरधाम र समाधि लिएको गलेश्वरबाबा आश्रम देवघाट नेपालका प्रमुख  तिर्थस्थलका रूपमा प्रसिद्ध  छन् ।  अनभिज्ञता वश  कसै-कसैले देवघाटधामलाई गलेश्वरधाम भन्ने गरेको पनि सुनिन्छ, तर वास्तविकता गलेश्वरधाम म्याग्दीकै हो,  देवघाटधाम गलेश्वरबाबा आश्रममात्र हो । यसमा दुविधामा नपर्न आग्र्ह गर्दछौं ।

galeshwor-dham-_-2073-final_page44_image60

बालाचतुर्दशी मेला:

पर्वमा सतबीज छर्नाले पितृहरूको उद्धारका साथै पति पत्नीको दिरघायु र सुस्वास्थ्यको कामना गर्दै श्रद्धालुहरूले सतबीज छर्ने, यज्ञयज्ञादि, दानद्रव्य धातुका सामान चढाउने, गण्डकीमा तोरण तार्ने, भजन किरीतन, नाचगान गरी २-३ दिनसम्म ठूलो   मेला लाग्दछ । मेलामा विवाह व्रतवन्धलगाएतका यज्ञहरू गर्ने गर्दछन् । उक्त मेलामा  धेरै  टाढाबाट पनि व्यापारीहरू आउने गर्दछन् ।

anna-dan-xetra

स्थायी अन्नदान क्षेत्रः

गलेश्वरधाममा आश्रति साधुसन्त, माईआमा, विद्यालयमा  अध्यनरत विद्यार्थी र गुरुजन, भक्त सज्जन, वृद्धवृद्धा, अपा·, अनाथ,  अशक्त, एकल महिला, शिवालय क्षेत्रका कर्मचारीसमेत  दैनिक ८० जनालाई साझ र विहान निःशुल्क भोजन र आवासको व्यवस्था उपलब्ध छ । मुक्तिनाथ दर्शनको समयमा दैनिक ३०० सम्म यात्रीहरूले निःशुल्क भोजन गर्ने गर्दछन्  । हुनेले  केही दिन्छन्, नहुनेले निःशुल्क भोजन पाउछन्  । उक्त भोजनको व्यवस्था शिवालय क्षेत्र विकास कोष,  अन्नदान क्षेत्र, दाताहरूले पितृका नाममा राखेका अक्षयकोषको ब्याज, तुलादान, दाता सहयोग, आफ्ना परिवारको जन्मोत्सव, विवाह र पितृयज्ञका लागि अक्षय कोषमा  जम्मा गरिएको रु. १५,०००/- -पन्ध्र हजार) को ब्याजबाट दाताहरूको सोह्र श्राद्ध तिथिमा पितृ तर्पण श्राद्ध गर्राई भोजन गराइन्छ । शिवालय क्षेत्र विकास कोषको मातहतमा रहेको समितिले अन्नदान क्षेत्र सञ्चालन गरेको छ । साथै रूपन्देही जिल्लाका धर्मप्रेमी दाताहरूबाट वाषिर्क ३० क्विन्टल र नयाँ मिल बुटवलका चित्रबहादर गुरुङले वाषिर्क रु २० हजार वरावर रकम अन्नदान क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।

20151210_100544_compressed

महाशिवरात्रि पर्व:

शंकर भगवान् प्रकट हुनुभएको दिन महाशिवरात्रिमा शिवजीको दर्शन, पूजन यज्ञयज्ञादि गर्ने महाबत्ती बाल्ने, रातभरि जाग्राम बस्ने र कृष्णागण्डकी स्नान गरी शिवलिङ्गको पूजापाठ गर्न टाढाटाढाबाट ठूलो संख्यामा दर्शनार्थीहरू आउने गर्दछन् । शिवरात्रिको रातमा शिवजीको  दर्शन गरेमा हिंस्रक जातिले पनि मुक्ति पाउछन् । गलेश्वरधाममा श्रीस्वस्थानी परमेश्वरीको  व्रत बसी पूजा गर्ने र अक्षय तृतीयामा तुलादान गर्ने कार्यक्रम निरन्तर चलिरहन्छ  । यस अवसरमा वृद्ध तथा बटुकहरूलाई नगदी जिन्सी सहयोग गर्नेहरू पनि प्रशस्तै आउने गर्दछन् ।

galeshwor-dham-_-2073-final_page44_image28

गलेश्वरधाम आसपासका तिर्थस्थलहरूः

गलेश्वरधामका चारै  दिशामा ऐतिहासिक, धार्मिक र पौराणिक  महत्त्व बोकेका  देवालय, शिवालय  देवीदेवता,   मठमन्दिर र धेरै  आश्रमस्थलहरू अवस्थित छन् ।  यी  देवीदेवता, मठमन्दिर र आश्रमहरूमा  आ-आफ्नो संस्कृति, संस्कारअनुसार पूजा अर्चना र बलि चढाउने गरिन्छ । केही शिवालय, देवालयहरूको महत्त्वबारे श्रीमद् भागवत मा समेत उल्लेख हुनुले यस्ता तिर्थस्थलले अझ बढी महत्त्व राखेका छन् । यी तिर्थस्थलहरूको दर्शन, पूजन र पाठ गरेमा  भाकलअनुसारको फल प्राप्त भएका दर्शनार्थीहरू बताउँछन  । यस्ता मठ,मन्दिरहरूको विकासका लागि विभिन्न व्यवस्थापन,  सञ्चालक समिति, कोष आदिद्वारा भौतिक, धार्मिक र आध्यात्मिक विकास कार्य भइरहेका छन् । यी तिर्थस्थलहरू यसप्रकार छन् :-

पूर्वमाः गायत्री, गलेश्वरबाबा मन्दिर, राम मन्दिर, खरीबराह, अन्नपूर्ण हिमाल, कर्वाकाली बाबा, हम्पालधुरी, गिद्धेश्वर र सिद्धेश्वर । पश्चिममाः-  पुलहाश्रम, कपिलाश्रम, जगन्नाथ कालान्जर वन, सिद्धाश्रम, टोड्के धुरी र मालिकादेवी । उत्तरमा-सप्तऋषिहरूको तपोभूमि रिखार, धवलागिरि हिमशृंखला, मुक्तिनाथ र दामोदरकुण्ड । दक्षिणमा म्याग्दी सदरमुकाम, बेनी-शिवालय, लक्ष्मीनारायण, महारानीस्थान, दोबिल्ला भगवती र बाग्लुङ कालिका देवी आदि ।

galeshwor-dham-_-2073-final_page44_image28

पुलस्त्य पुलाश्रमः-

गलेश्वरधामदेखि ४ कि.मि. पश्चिम उच्च चुचुरोमा बेनी न.पा. ११ पुलहाश्रममा ब्रम्हाजीका मानसपुत्र पुलस्त्य पुलहा ऋषिले  तपस्या गरेको स्थानलाई पुलाश्रम  नामले चिनिन्छ  । पुलाश्रम सम्बन्धमा श्रीमद्भागवत र अन्य धेरै भागवत् तथा पुराणहरूमा वर्ण्र्न गरेको पाइन्छ । त्यसैले पुलस्त्य पुलाश्रम विश्वकै अत्यन्त पवित्र पुण्यभूमि  कहलिन्छ । पुलहा ऋषिले हवन गरेको चरुभस्म  हवनकुण्ड ढाकेको चट्टानमुनि अद्यापि पाइन्छ । पुलस्त्य पुलहा ऋषि लंकेश्वर रावणका हजुरबुबा भएको र लंकेश्वर रावणको यसै पुलाश्रम  क्षेत्रमा जन्म भएको हो भन्ने किंवदन्ती पनि छ । गलेश्वरधाम र पुलाश्रम धामको एकै साथ दर्शन गरेमा अक्षय पुण्य  प्राप्त हुने शास्त्रीय मान्यता छ । वैदिक सनातन धर्मावलम्बीहरूको महत्वपूर्ण पावन तपोभूमि भएका कारण नेपालीहरूले भन्दा भारतबाट  आउने तिर्थ यात्रीहरूले पुलाश्रम  दर्शनबारे  बढी जानकारी र खोजीनीति गर्ने गर्दछन्  । यस्ता तिर्थस्थलको विकास गर्न  राज्य र निजी क्षेत्रको ध्यान जानु जरूरी देखिन्छ । गलेश्वरधाम  र सदरमुकाम  बेनीबाट गाडीमा  एक घण्टा पैदल दुइ घण्टामा पुलाश्रम  पुग्न सकिन्छ  ।

nag-devata mukhya-pravesh-dwar

पर्यटनस्थलः

गलेश्वरधाम धार्मिक दृष्टिले मात्र नभएर वाहृय पर्यटकीय दृष्टिले  पनि अत्यन्त महत्वपूर्ण स्थल हो । म्याग्दी  जिल्लाका तातोपानी,  घोरेपानी, मुक्तिनाथ, पुनहिल, मुस्ताङ जिल्लामा आवागमन गर्ने पर्यटकहरूको मुख्य प्रवेशद्वार हो गलेश्वरधाम  । त्यस्तै, गलेश्वरबाट बासखर्क, राम्चे हुँदै  घोरेपानी, पुनहिलतर्फको पर्यटन पदमार्गको केन्द्रबिन्दु पनि गलेश्वरधाम नै हो । अर्को  महत्वपूर्ण पदमार्ग   गलेश्वरधामदेखि   पश्चिमतर्फ  ठूलो सल्लेरी   वन,  घतान  नेप्टेचौर, कपिलाश्रम, पुलहाश्रम, ढोल्ठान, जगन्नाथ हुँदै  टोड्के धुरीतर्फो नया पदमार्गमा धार्मिक र वाहृय   पर्यटकहरूका लागि हिमालय शृंखला, पहाड, नदीनाला, झरना, हरियाली  डाडा  र सुन्दर  गाउ बस्तीको दृश्यावलोकनका लागि उपयुक्त  स्थलहरू  रहेका छन् । गलेश्वर धाममा धार्मिक  तथा वाहृय पर्यटकहरूको सुविधाका लागि क्याम्पिङ क्षेत्र, वन भोजस्थल, युवा, वृद्ध लगायत सबै उमेरकाहरूलाई पार्क तथा खेल मैदानको सुविधा उपलब्ध छ ।

आर्थिक व्यवस्था र अवस्था:

गलेश्वर शिवालय क्षेत्र विकास कोषको आफ्नै स्थायी  आयस्रोत केही नभएकोले दर्शनार्थी यज्ञयज्ञादि  पूजा अर्चना गर्ने  भक्तजन, तिर्थयात्रीहरूले चढाएको भेटी नै मुख्य आयस्रोत हो । महायज्ञको बचत रकम चन्दादाताहरूबाट प्राप्त रकम, विभिन्न दाता महानुभाव,  संघसंस्था र स्थानीय निकायले निर्माणका लागि गरेका सहयोगमध्ये बचेको रकम शिवालय क्षेत्र विकास कोषको साधारण सदस्यदेखि आजीवन सदस्यतावापत प्राप्त रकम, मेलापर्व, उत्सव, घर कोठा, जग्गाको भाडाबाट प्राप्त रकम, कोषको मुद्दती र बचत खाताबाट प्राप्त ब्याज आम्दानीका मुख्य स्रोतहरू हुन् । निश्चित निर्माण योजनामा प्राप्त हुने सहयोगबाहेक शिवालयको पूजाआजा दरबन्दी प्रशासनिक खर्चका लागि हालसम्म नेपाल सरकारको कुनै निकायबाट अर्थिक सहयोग प्राप्त हुन सकेको छैन । संस्कृत विद्यालय र वृद्धाश्रम निरन्तर संचालन गर्नुपर्ने विषय भएकाले यी दुइ विषयका कोषका लागि चुनौतीका रूपमा रहेका छन् । खर्च प्रक्रिया दैनिक पूजा सामग्री, पुजारी, प्रशासक,  कार्यालय सचिव, कम्प्युटर अपरेटर, पाले, मन्दिरका सहयोगीहरू र विद्यालयका गुरुसमेतको तलब भत्ता, मसलन्द, भइपरी विद्यार्थीहरूका लागि लत्ता कपडा भोजन र अन्य आवश्यकीय व्यवस्था समेतको लागि मासिक रु. १,७५,०००/- खर्च हुने  गर्दछ ।  गलेश्वर शिवालय  क्षेत्र विकास कोषको  आर्थिक  कारोबार पूर्णतया पारदर्शी रूपले दोहोरो स्रेस्ता प्रणाली अनुसार बैंकिङ कारोवारद्वारा गरिन्छ । समय-समयमा स्थानीय मिडिया पत्रपत्रिकामा  आय,व्यय  विवरण र्सार्वजनिक गरिन्छ  । साथै, मान्यताप्राप्त लेखापरीक्षकद्वारा  लेखापरीक्षण गराइन्छ । पूजा   व्यवस्था, प्रशासनिक खर्च, मसलन्द बाहेक वृद्धाश्रमका ज्येष्ठ नागरिक, मेलापर्व, प्रचारप्रसारका लागि ठूलो खर्च व्यहोर्नुपर्ने  बाध्यता छ ।

galeshwor-dham-_-2073-final_page44_image51swayam-prakat-jyotirlingeswar

मेला चाड पर्व:

आमाबुवाको मुख हेर्नै दिनमा आमाबुवा  नहुनेहरूले  सामूहिक पूजा अचर्ना श्रद्धा तर्पण गर्ने गर्छन र आमाबुवा हुनेहरूले पूजा, अर्चना र चिरायुको कामना तथा वृद्धाहरूलाई भोजन गराउने चलन  रहेको छ । अक्षय तृतीयाका  दिन श्रीमहादेव र पार्वतीको विवाह भएको शुभ  दिन भएकाले उक्त दिन यस शिवालयमा गरेका दान, तुलादान, दर्शन, पूजन कहिल्यै नाश नहुने हुँदा  उक्त दिन हजारौ हजार भक्तजनहरूले जलार्पण र दर्शन, पूजन, सुन चाँदीका बेलपत्र चढाउने गर्दछन् । त्यस्तै हरितालिका  तीज ऋषिपञ्चमी,  जनैपुर्णिमा, सोह्रश्रद्धा, नवरात्रि, विजयादशमी, लक्ष्मीपूजा आदि पर्व अनुसारका पूजा अर्चना हुन्छन । यसका अतिरिक्त गलेश्वरधाम  बाह्रै महिना पुजा अर्चना यज्ञ यज्ञाादीहरू निरन्तर चलिरहन्छन्  । वर्षो फागुनदेखि मंसिरसम्म मुक्तिनाथ, दामोदर  कुण्ड दर्शन गर्न जाने स्वदेशी तथा विदेशी  यात्री तथा भक्तजनहरूले र्सवप्रथम गलेश्वरधामको  दर्शन पूजन गरी  मुक्तिनाथमा  दर्शन पुजापश्चात पुनः गलेश्वरधाममा  पूर्ण हुति गरेमा  मात्र  मुक्तिनाथ तिर्थटन  पूरा  हुने  र मोक्ष  प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

galeshwor-dham-_-2073-final_page44_image34

उपलब्ध सेवा सुविधा:

गलेश्वरधामको छातामुनि राजाभरत तपस्थली श्री राधाकृष्ण   मन्दिर गलेश्वर पुलस्त्य पुलह  अन्नदान क्षेत्र, गलेश्वरधाम ज्येष्ठ नागरिक वृद्धाआश्रम धर्मशाला,  निःशुल्क सःशुल्क यात्री निवास सभा सम्मेलन प्रवचन  गोष्ठी सेमिनार सात्विक भोज विवाह आदि प्रयोजनका लागि अत्याधुनिक सभाहल, पाकशाला, भोजनशाला,  शाल्रि्राम  गण्डकी देवदिद्याश्रम  -संस्कृत विद्यालय), तपस्थली, पितृयज्ञ तर्पणस्थल, शुद्ध  शाकाहारी भोजनालय, हरियाली मनोरम वाटिका, चउर,कालन्जरवन क्षेत्र र पर्यटक क्याम्पिङ  क्षेत्रसहित  बहुउद्देश्यीय  वाटिका, खेलमैदान, प्रहरी चौकी, शौचालय, सामुदायिक स्वास्थ्य सेवा,  गोशाला धार्मिक पुस्तकालय चक्रशिला   परिक्रमा पथ, फ्री वाई  फाई क्षेत्र,  सि.सि. केमरा, पार्किङ तथा टिकेटिङको सुविधा फूलप्रसाद बिक्री कक्ष, दान दाताहरूको शिलालेख कृतिस्तम्भ र कमन तथा एटेच बाथरुमसहित भोजन र आवसको सेवा सुविधा उपलब्ध छन् ।

khel-maidan kama-dhenu-gai dsc_0917 dsc_0924

गलेश्वरधाम विकास क्रम र सहयोग:

गलेश्वर शिवालय क्षेत्र विकास कोषको स्थापना २०५७ सालमा भएको हो । त्यसभन्दा पहिले गलेश्वरधाम विकास समितिले रेख  देख गरेको २०५० साल भन्दा पहिले सम्बन्धितगाविस अर्न्तगत  मन्दिरको आर्थिक-भौतिक पूजा व्यवस्था सबै सम्पूर्ण कार्यक्रम पुजारीकै  तैनाथमा चल्दै आएकोमा  कोषको निर्माण-संगै मन्दिरको सबै नगद,  जिन्सी, मेला,  पर्वको  अम्दानी समितिले कोषमा   जम्मा गर्ने र पुजारी,  कर्मचारी, सेवा टहलमा  रहेकाहरूलाई  मासिक तलबमा राख्ने  व्यवस्था गरि यस धामको गरु योजना,  कोषको आवश्यकता, औचित्य र दाता  महानुभावहरूको चाहना, भावनाअनुसार  दाताहरू र  नेपाल सरकारका विभिन्न निकायबाट कोषले पेश गरेका योजनाअनुसार क्रमिक रूपले आर्थिक सहयोग प्राप्त भए अनुसार गलेश्वरधामको धार्मिक भौतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत अकल्पनीय परिवर्तन भएको छ । कोषको गुरुयोजनाले निर्धारन गरेको योजनाहरू मध्य हालसम्म तत्कालीन अल्पकालीन मध्यकालिन योजनाहरू सबै सम्पन्न भइसकेका र दिर्घकालीन योजना पनि ५०५ सम्पन्न भएका छन् । बाँकि योजना र कार्यक्रम २०८० साल सम्म  गरी सञ्चालनमा आउनेछन्  ।

20151225_115458

दाता र राज्यको सहयोग:

यस धाममा रहेको गलेश्वरधाम शिवालय मूल मन्दिर, गणेश  मन्दिर, पुजारी आवास, बाहिरी भित्रीद्वार,  कम्पाउन्ड वाल, बगैंचा कालिगण्डकी स्नान  पथमार्ग,  लक्ष्मीनारायण यज्ञमण्डप, जलकुण्ड, १०८ शिवलिङ्क, राजाभरत, राजषिर्  रहुगण, हनुमान,  दर्ुगाभवानी,  गलेश्वरबाबा विश्राम चौतारी, हवनकुण्ड, यज्ञशाला, पिट्ट्रीतर्पणस्थल, बसाह, घण्टा र चमेनागृह आदि सबै व्यक्तिगत दाताहरूबाट निजी लगानीमा निर्माण गरिएका  हुन् । धर्मशाला, यात्री निवास, सत्संग भवन, वृद्धाश्रम भवन, महायज्ञको शेष रकमबाट र मन्दिर परिसरभित्रका पथमार्ग, पाकशाला, चक्रशिला परिक्रमा पथ, विभिन्न मठ मन्दिरको जीर्र्णोद्वार   पुनःनिर्माण नदी नियन्त्रण  कार्य, क्याम्पिङ क्षेत्र बहुउद्देश्यीय पार्क शिवालय परिसर सडक आदि नेपाल सरकारको पर्यटन तथा संस्कृत मन्त्रालय, भवन, डिभिजन कार्यालय नदीनियन्त्रण जलउत्पन्न  प्रकोप कार्यालय, सडक डिभिजन कार्यालय, स्थानीय निकायको अनुदान र कोषको लगानीमा निर्माण भएका छन् । गलेश्वरधाम क्षेत्रको  भौतिक, आर्थिक, धार्मिक सामाजिक क्षेत्रमा न्यूनतम रु ५५५५/- आर्थिक सहयोग  गर्ने दाताहरूको  नाम शिलालेखमा उल्लेख गरिन्छ ।

galeshwor-dham-_-2073-final_page44_image30

वृद्धाश्रम व्यवस्थापन:

कालिगण्डकी र रहुनदीको संगमस्थल मुक्तिनाथ,दामोदरकुण्ड चिनीको तिब्बत  जाने प्रवेशद्वारको रूपमा अवस्थित गलेश्वरधाममा  धेरै वर्षदेखि बस्दै गरेका साधुसन्त महन्तहरू र आफ्नै छोरा  बुहारी घर परिवार समाजबाट अपमानित तिरस्कृत भई बेसहारा बनेका अनाथ वृद्धाहरू  यहाँको पाटी,  पौवा, वडार, ठाँटीमा तिर्थथयात्री  र भक्तसज्जनले दिएको सहयोगमा बाँचेकाहरूलाई व्यवस्थित रूपमा गाँस, बास कपास उपलब्ध गराउने  उद्देश्यले  २०६७ सालमा गलेश्वरधाम जेष्ठ नागरिक आश्रम दर्ता गरी अन्नदान क्षेत्रको सहकार्यमा २०६८ सालदेखि ४० जना वृद्धा, अनाथ अपाङ्कहरूलाई दाताहरूको मुठीदान र शिवालय मन्दिरको  नगदी जिन्सी सहयोगबाट निशुल्क भोजन गराउने व्यवस्था गरिएको छ । आवास निर्माणका लागि गलेश्वर महायज्ञ  २०६८ को शेष रकम  रु २८ लाख, समाज कल्याण मन्त्रालयमार्फ् २०६८ देखि २०७३ साल सम्म  प्राप्त रु ३२  लाख, जि.वि.स म्याग्दीबाट २०६९ सालमा प्राप्त रु ८ लाख रकमबाट २० कोठे पक्की ८ कोठे कच्ची भवन निर्माण गरिएको, साथै एनआरएन यूकेको रु ८० लाख अनुदानमा २० कोठे पक्की भवन निर्माण गरी ४८ जनालाई आवासको सुविधा प्रदान गरिएको छ । उक्त रकम-मध्य NRN U.K. का तत्कालीन   अध्यक्ष श्री योगन्द्र क्षेत्रीज्यूबाट  रु ३२ लाख प्राप्त भएको छ । अझै  १२ जनाहरूलाई आवासको व्यवस्था नपुग भएको छ । NRN ICC. का अध्यक्ष शेष घले दम्पतिद्वारा रु ९ लाखको लागतमा वृद्धाश्रम प्रवेशद्वार निर्माण भएको छ । म्याग्देली सञ्जाल जापानको रु १३,६५,३०७, धवलागिरि  सहकारी  बेनीको सहयोग  रु २ लाख र जापान निवासी दिपक कार्कीको सहयोगमा रु १,३५,००० बाट स्वास्थ्य सेवा भवन र वृद्धा भोजनालय निर्माण भएको छ । हाल वृद्धा र एकल महिला, बटुक र शिक्षक कर्मचारीसमेत ८० जनालाई निःशुल्क भोजन गराउने र गलेश्वरधाम  मुक्तिनाथ  आवगमन गर्ने  तिर्थथयात्री तथा दर्शनार्थीहरूलाई निशुल्क भोजनको व्यवस्था गरिएको छ । निशुल्क भोजनका  लागि वृद्धाश्रमको नियमित स्रोत र साधन  केही छैन  । मुष्ठीदानबाट आउने सहयोग, गलेश्वर शिवालय कोषबाट प्राप्त जिन्सी नगदी, विभिन्न दाताहरूबाट आउने सहयोग  र विवाह, व्रतबन्ध जन्मोत्सव पितृपुराण अवसरमा वृद्धाहरूलाई दाताहरूले खुवाउने चलनबाट पनि ठूलो राहत भएको छ । त्यस्तै बाग्लुङ्क अमर भुमी गा.वि.स. निवासी धनपति गैरे वाट रु २ लाख र म्याग्दी पूर्ण गाँउ हाल यूके निवासी दिल बहादुर तथा श्रमिति गङ्गा गौचन बाट रु ५१,५५५ वृद्धा अक्षय कोषका लागि प्राप्त भएको छ । यस धाममा वृद्धाहरूको संख्या दिन प्रति दिन बढ्दै जानु प्रमुख चुनौती बनेको छ । वृद्धाहरूको  गाँस बाँस र कपासका  लागि सक्दो सहयोगको अपेक्षा राखेको छौं ।

galeshwor-dham-_-2073-final_page44_image52

गलेश्वरधाम शिवालय विकास कोषको निर्वाचन प्रक्रिया:

गलेश्वर शिवालय क्षेत्र विकास कोषको विधानमा भएको व्यवस्था अनुसार प्रमुख जिल्ला अधिकारी प्रमुख संरक्षक र १०१ जना सदस्य रहेको कार्यकारी सभा १६ सदस्यीय प्रबन्धक समिति र संरक्षक रहने व्यवस्था छ । कोषलाई रु. ५००/-  देखि रु. ५०,०००/- सम्म आर्थिक, भौतिक सहयोग गर्ने दाताहरू साधारण सदस्यदेखि सहयोगी, स्थायी, श्रेष्कर र रु. ५० हजारभन्दा माथि रु. १० लाखसम्म सहयोग गर्ने दाता आजीवन सदस्य रहन पाउने व्यवस्था छ । एकै व्यक्तिबाट रु. १० लाखभन्दा माथि नगद आर्थिक सहयोग गर्ने वा रु. १० लाखभन्दा माथिको  भौतिक, सामाजिक निर्माण कार्य गरिदिने  दातालाई र गलेश्वर शिवालय क्षेत्र विकास कोषको भौतिक, सामाजिक, धार्मिक, आध्यात्मिक र सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई कोषको निर्णयले संरक्षक पद प्रदान गर्ने व्यवस्था छ । कोषको साधारणसभामा सयौं सदस्य छन् र प्रतिनिधिमूलक प्रक्रियाबाट साधारणसभाले कार्यकारी सभाको र कार्यकारी सभाको  अधिवेशनबाट प्रबन्ध  समिति  निर्वाचित  हुने  व्यवस्था छ ।  कार्यकारी  सभाका सदस्यहरूको  पदावधि ६ वर्ष र प्रत्येक तीन वर्ष प्रबन्ध समितिको निर्वाचन हुने व्यवस्था गरिएको छ । माथि उल्लेखित सहयोगी दाताहरू कोषको प्रतिनिधिमूलक सभा सदस्य रहने छन् ।

dsc_0918 dsc_0915

कोषका आगामी योजना, नीती तथा कार्यक्रम:

गलेश्वर धाम क्षेत्रलाई थप व्यवस्थित गर्दै प्रचारप्रसारको माध्यमद्वारा विश्वका हजारौं धार्मिक तथा वाहृय पर्यटकहरूलाई गलेश्वरधाममा भित्राई आर्थिक स्थिति मज्बुत  बनाउँदै  दर्शनार्थी तिर्थयात्रीहरूलाई थप सेवा सुविधा प्रदान गर्दै  जाने  । यस धाम अर्न्तर्गत सन्चालित वृद्धा आश्रमलाई निरन्तर-रूपमा सञ्चालन गर्ने र संस्कृत विद्यालयलाई स्तरोन्नति गर्दै कक्षा १२ सम्म अध्ययन गर्ने व्यवस्था मिलाउने  । क्याम्पिङसहितको बहुउद्देश्यीय पार्क, खेल मैदान  निर्माण सम्पन्न गरी व्यवस्थापन र सञ्चालन गर्ने । वैधिक सनातन हिन्दु धर्मको संरक्षण, सर्ंवर्द्धन गर्दै यसको महत्त्वबारे नयाँ पिढी समेतलाई चेतना अभिवृद्धी गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने । धार्मिक यज्ञ, यज्ञादि, सत्सँग, योगा, प्रवचनको आयोजना गर्ने  । शिवालय, देवालय, मठमन्दिर, धर्मशाला  आदि  संरचनाको मर्मत, सुधार, विस्तार जिर्णोद्दार कार्यलाई प्राथमिकता दिने । कोषको आर्थिक स्रोत बढाउन विभिन्न साधन स्रोतको खोजी र परिचालन गर्ने ।

“अलंकार प्रियो विष्णु जल धारा प्रियो शिव”

भगवान्  शंकरका  अष्टलिङ्ग मध्ये  “गलेश्वरधाम  गलालिङ्ग” भएकाले  यस्तो महत्वपूर्ण ज्योतिर्लिङेश्श्वोर देवाधिदेव महादेवको दर्शन पूजनबाट मानवमात्रले मोक्ष पाउछन्  । साधकहरूले साधना गर्ने, तपस्वीहरूले तपस्या  गर्ने, भक्तहरूले भक्तिभावले भजन कृतन गर्ने, श्रद्धालुहरूले दर्शन,  पूजन, यज्ञयज्ञादि गर्ने, दानवीर दाताले  दानद्रव्य चढाउने, निर्माण कार्य गरिदिने साथै वृद्धाहरूलाई निःशुल्क  भोजन बटुकहरूलाई  अध्ययनका लागि सहयोग गर्ने यस्तो महान् आलौकिक तिर्थस्थल गलेश्वरधाममा दर्शन पूजन, यज्ञ, यज्ञादि  गरी पुण्य  आर्जनका साथै शिव सान्निध्य प्राप्त गरौं  । अस्तु : ।

“देवाधिदेव   श्री गलेश्वर महादेवले सबैको कल्याण गरून्”

श्री गलेश्वर शिवालय क्षेत्र विकास कोष

गलेश्वरधाम बेनी न.पा. -९, म्याग्दी

गलेश्वर शिवालय क्षेत्र विकास कोषका बैंक खाताहरूः

नेपाल बैक लिमिटेड

च.  हि. नं ०६३-०००-२०९२-०१

माछापुछ्रे बैंक लिमिटेड

च. हि. नं. २९-०१-५२४-२३९११५-०१-३

न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लि.

बचत हि.नं. १०४०३-०२०००११६५ -क)

गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमको खाता

काष्ठमाण्डप डेभलपमेन्ट बैंक लि.

बचत हि.नं. ००३००३०५१७२SC

न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्था लि. -बेनी)

बचत हि.नं. ०३३९३

सर्म्पर्क नं.

कार्यालयः ०९७७-६९४११०९०

अध्यक्षः ९८५१०९१९९६

उपाध्यक्ष:   ९८६७६०९८५४

कोषाध्यक्षः ९८५७६४०५०५

सदस्य सचिवः ९८५७६२४४८४

गलश्वर धाम शिवालायका छातामुनि रहका संरचनाहरू

२०५४ अघि

१.ढुङ्गाले बनेको शिवालय मन्दिर

२.लक्ष्मी नारायण मन्दिर

३. यज्ञ मण्डप

४. पुराना   पाटी पौवा धर्मशाला

५. संस्कृत विद्यालय

२०५४ दखि २०६६ सम्म

१.    प्यागोडा शैलीमा शिवालय मन्दिर

२.          श्री गणेश   मन्दिर

३.        गलेश्वरधाम उद्यान

४.      कम्पाउन्ड वाल

५.         मूल प्रवेशद्वार

६.       १०८ शिवलिङ्ग

७.      प्रीतिस्तम्भ

८.    यज्ञशाला हवन कुण्ड

९.     विष्णु भगवानको मुर्ती

१०.    यात्री निवास सचिवालय

११.   अनुदान क्षेत्र भवन

२०६७ दखि २०७२

१.      राजाभरत जडभरत राजषिर्

रहुगण मुर्ती

२.          हनुमान नवदुर्गा भवानी कामधेनु गाई

३.        पञ्चायन देवता मुर्ती

४.       गलेश्वर बाबा मुर्ती

५.         पुजारी आवास भवन

६.       पितृ तर्पणस्थल

७.        सत्संग सेवा सदन

८.     राधाकृष्ण मन्दिर

९.    कृष्ण गण्डकी पदमार्ग

१०.   चक्रशिला पदमार्ग

११.   फूलप्रसादि बिक्री कक्ष

१२.     पाकशाला भोजनशाला

१३.    विद्यालय जीर्णोद्वार

१४.   शाकाहरी भोजनालय

१५.   खानेपानी   व्यवस्थापन

१६.   स्टोर भवन

१७.    शौचालय, स्नानस्थल

१८.  कालिगण्डकी टतबन्ध

१९.   भित्री प्रवेशद्वार

२०.     बहुउद्देशीय वाटिका स्थल

२१.     गण्डकी स्नान सडक

२२.      क्याम्पिङ्क क्षेत्र

२३.     खेल मैदान

२४.     पार्किङ्क स्थल

२५.     मञ्चभवन

२६.     र्सार्वजनिक शौचालय

२७.     पक्की वृद्धाश्रम २

२८.    कच्ची वृद्धाश्रम २

२९.    गौशाला

३०.  प्रतीक्षालय

३१.   स्वास्थ्य सेवा भोजनशाला

३२.     हेलिप्याड

३३.     लक्ष्मीनारायन मन्दिर जीर्णोद्वार

३४.    यज्ञ मन्दिर मण्डप जीर्णोद्वार

३५.     यज्ञशाला जीर्णोद्वार

३६.    हवनकुण्ड पुननिर्माण

३७.       फ्री वाइ फाइ क्षेत्र

३८.   सी.सी. क्यामरा जडान

३९.   वृद्धाश्रम संचालन

४०.   संस्कृत विद्यालय संचालन

४१.  शिवजी परिवार मुर्ती स्थापना

४२.     टिकट काउन्टर

४३.    प्रतीक्षालय

४४.   गलेश्वर क्षेत्र सडक कालो पत्रे