गत वर्षहरुमा जस्तै यस वर्ष पनि बालाचतुर्दशी तथा सतविजारोपण मेला यही मिति २०७४ मंसीर महिनाको १ गते रहेको छ बालाचतुदर्शी मेलामा सतबिज छर्नाले प्रीतीहरुको उद्धारका साथै पति पत्नीको दिर्घायु र सुस्वास्थ्यको कामना सहीत श्रदालु भक्त सज्जन हरुको कात्तिक महिनाको ३० गते मसान्तको दिनबाट नै बाजा नाच गान सहीत निकै नै भिड भाड हुने गर्दछ । गत वर्ष को बालाचतुदशी मेलामा एकै दिनमा करिब ३०,०००।– तिस हजार जनाले दर्शन पुजन गरि सतबिज छरेका थिए ।
