galeshwor-dham-mandir

मिति ०७४ पुस १२ गते बुधबार श्री गलेश्वर शिवालय क्षेत्र विकास कोषको १२ औ कार्यकारी साधारण सभा तथा गलेश्वरधाम जेष्ठ नागरिकको ७ औ कार्यकारी सभा सम्पन्न भएको छ ।

बे.न.पा ९ गलेश्वर शिवालय क्षेत्र विकास कोष र गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको कार्यकारी सभा सम्पन्न भएको छ । उक्त कार्यकारी सभामा कोषको आर्थिक गतिविधी र विकास निमार्णका कार्यहरु बारे जानकारी भएको छ कोषको आ.व ०७३/०७४ असार मसान्त सम्मको अल्या रु १,६८,०३,५६१।५५(एक करोड अरसठ्ी लाख तिन हजार पाँच सय एक्सठ्ी रुपैयाँ पचपन्न पैसा ) बैं र नगद मौज्दात रहेको छ र चालु आ.व ०७४ श्रावण देखी असोज मसान्त सम्मको कुल आम्दानी अल्या संग रु १,९८,६७,०४८।७१(एक करोड अन्ठानब्बे लाख सरसठ्ी हजार अर्चालिस रुपैयाँ एकहत्तर पैसा) छ र श्रावण देखी असोज मसान्त सम्मको कुल खर्च रु १९,२६,७७०।–(उन्नाइस लाख छब्बीस हजार सात सय सत्तरी ) भइ रु  १,७९,४०,२७८।७१(एक करोड उनासी लाख चालिस हजार दुई सय अठहत्तर रुपैयाँ एकहत्तर पैसा ) बैंक र नगद मौज्दात रहेको छ । गतवर्ष  ०७४/०७५ को लागी ३,५२,०२,८५५।– (तिन करोड बाउन्न लाख दुई हजार आठ सय पचपन्न रुपैया) को अनुमानित बजेट प्रस्तुत गरिएको थियो भने आ.व ०७५/७६ को लागी रु ३,६४,८८,९००।–(तिन करोड चौसठ्ी लाख अठासी हजार नौ सय रुपैयाँ)को अनुमानित बजेट प्रस्तुत गरिएको छ । त्यस्तै गरि जेष्ठ नागरिक आश्रम को ०७३/०७४ को बार्षिक  लेखा परिक्षण भै कुल आम्दानी रु ३७,५३,३२१।९३ (सर्तिस लाख त्रिपन्न हजार तिन सय एक्काइस रुपैयाँ त्रिरानब्बे पैसा ) कुल खर्च रु ९,२०,१४५।४५(नौ लाख विस हजार एक सय पैचालिस रुपैया पैचालिस पैसा ) भई अल्या हुन आएको रकम रु २८,३३,१७६।४८(अठइस लाख तेत्तीस हजार एक सय छ्यात्तर रुपैया अर्चालिस पैसा ) त्यस्तैगरि गतबर्ष ०७४/०७५ को लागी अनुमानित बजेट रु १,२०,००,०००।–(एक करोड विस लाख ) भएकोमा अहिले ०७५/०७६ को लागी अनुमानित बजेट रु १,२१,६०,०००।–(एक करोड एक्काइस लाख साठी हजार रुपैया )प्रस्तुत गरिएको छ । माथी उल्लेखीत विवरण अध्यक्ष ,सचिव र कोषाध्यक्ष को प्रतिवेदनमा भए गरेका कार्यहरु को सर्व सम्बत रुपमा साधारण सभाबाट पारित भएका छन ।

You Might Also Like