भगवान शिवको वहान बसाह नन्दी स्वरुपले रहेको ढुङ्गा

यो विशाल ढुङ्गा गलेश्वरधामदेखि ६०० मिटर दक्षिण र बेनी बजारदेखि १.५ कि.मि उत्तर विश्वकै पवित्र शालग्रामि कृष्ण कालिगण्डकीको विचमा उत्तरतर्फ गलेश्वरधाम तिर मुहाड फर्काई भगवान शिवको वहान बसाह नन्दी स्वरुपले रहेको छ ।
गलेश्वरधाम शिवालय कोषले उक्त ढुङ्गालाई कालिगढद्धार पूर्ण बसाहको रुपमा निर्माण गर्ने योजना भएकाले स्वदेश वा विदेशमा रहेका संघ संस्था MONA NRN अन्य कमिटीहरु र दाताहरुद्धारा निर्माण गरिदिन हार्दिक अनुरोध गर्दछौं ।
निर्माण कर्ताको नाम ढुङ्गामाथि नै शिलालेख गरिने छ । यसबाट यो क्षेत्रको धार्मिक तथा पर्यटकिय विकासमा ठूलो सहयोग पुग्ने छ ।

You Might Also Like