प्रेस विज्ञप्ती

विश्व प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाममा ०७४ श्रावण महिनाको ५ सोमबार भगवान शिवजीको पूजा आराधानाको लागि नेपालका विभिन्न जिल्लाबाट  तीर्थयात्री, श्रद्धालु धर्मालम्बी महानुभावहरु लाखौँको संख्यामा आउनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं । यस पुनित कार्य शान्तिपूर्ण सुव्यवस्थित तरिकाले संचालन र सम्पन्न गर्न जिल्लाप्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, श्री बक्स गुल्म लगायत सामुदायिक प्रहरी सेवा केन्द्र गलेश्वर आदर्श मा.वि, वेष्ट प्वाइट उच्च मा.वि, चिमखोला समाज, पवित्र आमा समूह मौवाफाँट, रहुगंगा आमासमुह, कालिपुल यूनाइटेड क्लब, गलेश्वर युवाक्लब, संगम म्याग्दी, काउलेगौडा समाजसेवी, इभरग्रिन युवाक्लब, गलेश्वर स्वास्थ्य चौकी, जडभरत प्र.वि,विभिन्न सञ्चार माध्यम प्रति आभार व्यक्त गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । यस पवित्र तीर्थस्थलको महिमाको व्यापक प्रचार प्रसार संरक्षण र सम्बर्धनका लागि आगामी दिनमा समेत सहयोगको अपेक्ष गर्दछौँ ।
जय गलेश्वर शिवजी
माधवप्रसाद रेग्मी
सदस्य सचिव
गलेश्वर शिवालय क्षेत्र विकास कोष

You Might Also Like