प्रकाशन

प्रेस विज्ञप्ति झुट्टा कपोकल्पीत समाचारबाट भ्रममा नपर्न गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको अनुरोध


पौष १० गते म्याग्दी बेनीको नव बिकल्प अनलाईन र म्याग्दी अनलाईनले पबित्र सस्थाको दर्दनाक चित्र शिर्षकमा गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका बारेमा लेखिएको भ्रामक समाचार प्रति जेष्ठ नागरिक आश्रमको ध्यान आर्कषण भएकाले सत्यतथ्य सबैमा जानकारीका लागी यो बिज्ञप्ती प्रकासीत गरेका छौ ।
१४/१५ बुदामा प्रकासीत समाचारमा देउ्कुमारी खत्री नाम गरेकी बृद्धा महीलाको फोटो राखिएको छ । निज बृद्धा मानसीक सन्तुलन ठिक नभएकी हरेकदिन आगो बाल्नैपर्ने भएकाले पक्की भवनमा राख्दा आश्रममा आगोलागी हुने डरले नराखिएको छिटै उन्को ब्यवस्था गरिने छ । साथै फोटोमा उन्को कोठाको खाटमा कालो म्याटमाथी डसना र ओड्ने कम्वल देखिन्छ भने चिसो भईमा सुत्ने कुरा स्वत हास्यास्पद छ । उनकी छोरी उजेली खत्री आश्रमकै सुसारे भएकाले उनलाई कुनै कमी छैन ।
बृद्धाहरु सबैलाई ब्यवस्थीत कोठा उपलब्ध छन् । त्यसैले त्यहा बस्नेले कोठा माग्नुपर्ने खाचो नभएकाले कोठा माग्दा धम्की डरत्रास दिने कुरै भएन । आश्रम सुरुगर्दाको बर्ष बाहेक आज सम्मको बिद्युत महसुल आश्रमले तिरेको मात्रै होईन लोडसेडिङ्को बेला ईन्भटरद्धारा बत्ती र चिसो समयमा तातोपानी सोलार समेत राखिएको छ । गलेश्वर अन्नदानक्षेत्र शिवालय क्षेत्रकै अभिन्न अंग भएको र कोषको नियमावली अनुसार संन्चालन भएकाले २०६९ सालदेखी बृद्धा,बिद्यार्थी र तिर्थयात्रीह?लाई अन्नदानक्षेत्रमा निःशुल्क भोजन गराउदै आईएको हो । उनिह?लाई आवश्यक पर्ने भोजन सामाग्री अन्नदानक्षेत्र,शिवालय क्षेत्र बिकास कोष र दाताह?को सहयोगबाट जुटेको छ । बिगत १ बर्ष अघिबाट भात खान नहुने,पिरो,अमिलो,चिल्लो नखानेह?ले आफुअनुकुल बनाउने गरेका छन् । तर दाताहरुले गराउने भण्डारा भोजनमा सबै सहभागीहुने गरेका छन् । भोजनालयमा जान सक्नेले खान्छन् नसक्नेलाई कोठामै पुराउने ब्यवस्था छ । आश्रमको ठुला कोठामा २ जना सानोमा १ जना राखिएको छ । कसैले घर परिवारलाई ल्याई कोचाकोच बस्छन् भने आश्रम जवाफदेयी हुदैन् ।
कोठा माग्दा ७ लाख मागिन्छ भन्ने कुरा १०० % प्रतिशत झुठो हो कसैलाई ७ पैसा पनि मागीएको छैन् त्यस्तो प्रमाण भए आश्रम सजाय भोग्न तयार छ । नियोजित ?पमा कसैलाई भन्न लगाईएको भए छानविन हुनेछ । केही वृद्धाह? आपसमा झै झगडा गर्ने पुरुषले स्त्रीजातीलाई हेप्ने कुट्ने पैसा मासीदीने जस्ता आश्रमको नियम पालना नगर्नेलाई कोठा फेर बदल गरिएको छ । कसैलाई आश्रम क्षेत्रबाट बाहिर निकालीएको छैन । भए प्रमाण होला ।
बृद्धाश्रम सु? गर्दा जेजती बृद्धाहरु एकल महीला पुरुष थिए त्यसमा ७ जनाको मृत्यु भएको छ । अरु पुरानै बृद्धा बसी रहेकै छन् । नयाँ कोही छैनन् त्यसैले आफ्नालाई राख्ने अ?लाई नराख्ने कुरा सरासर झुट्टा हो ।
दाताहरुले बर्षेनी न्यानो कपडा कम्वल आफ्नै हातले बितरण गर्दै आएका छन् नपुग हुनेलाई आश्रमले दिने गरेको छ । ओड्ने ओच्छाउनेले खाचो छैन कसैले आफ्ना नातेदार समेतलाई दिने गरेका छन् । ४/५ जनाको दसना पुरानो भएकाले तत्काल नया राख्ने ब्यवस्था गरिएको छ ।
५५ जना भनेमा ३६ जना भेटेको सम्वन्धमा उनीहरु सधै कोठामा बसीराख्न पर्ने बाध्यता छैन केही तिर्थब्रत गर्न कोही आफन्तकोमा गएका हुन्छन् कोही बाहीर घुमफिरमा हुन्छन् आश्रम बाहेक आफनो निजी आवास बनाएर बसेका ७/८ जना बृद्धाहरुलाई पनि भण्डरा भोजन र लत्ताकपडा बितरण गरिन्छ ।
गत बर्ष संघिय सरकार जेष्ठ नागरिक मन्त्रालय र प्रदेश सरकार सामाजीक बिकास मन्त्रालय बाट प्राप्त बजेट जुनजुन शिर्षकमा प्राप्त भयो सोही शिर्षकमा खर्च भएको छ । गत वर्ष को १४ लाख ७३ हजार खर्च त्यसै भित्र पर्दछ । अडिट रिपोट ले स्पस्ट पारेको छ ।
सुसारे र भान्सेको सम्वन्धमा अन्नक्षेत्रमै खाना खुवाउने हुदा त्यही नै भान्सेलाई तलव बापत रकम उपलव्ध गराईन्छ । १ जना पुरा समय १ जना पार्ट टाईम सुसारे र भान्सेलाई मासिक रु ३० हजार तलव खर्च हुने गरेको छ । १ जना सिकीस्त बिरामीलाई १ जना सुसारे राखिएको छ । आफ्ना जन्मदिने बृद्धा आमा बुवा देखि घृणा लागेर आश्रममा लगेर छोड्ने समयमा कोठा भित्रै दिशा पिसाव गर्ने बृद्धाहरुको सेवा सुसार गर्नेको पिडा कस्ले बुझिदिने । बृद्धाह?को सामान्य उपचार आश्रम भित्रै उपलव्ध गराईएको छ स्वास्थ्य ईकाइमा नपाउने रोग अनुसारका औषधी समेत आश्रमले ब्यवस्था गरेको छ । भन्न र लेख्न जती सजिलो छ गरि पुराउन कती गारो छ । आफ्ना जन्म दिने माता पितालाई घर निकाला गर्ने गरेका जमनामा आश्रमका त्यती धेरै बृद्धाह?को ब्यवस्था मिलाउन सानो प्रयासले सम्भव हुदैन ।
आश्रम सम्बन्धी समाचार प्रकासीत पछि प्रमुख जिल्ला अधिकारीबाट आश्रम र अन्नदान क्षेत्रको निरिक्षण गर्नु भएको र उहाले ३/४ जना वृद्धाका पुराना दसना फेर्नु पर्ने र विद्यार्थीको आवास स्थल सागुरो भएकाले व्यवस्थित गर्नु पर्ने सुझाब दिनुभए अनुसारका काम सम्पन्न भएका छन् । समाचारमा लेखिए अनुसारका व्यवहार भएको भए वृद्धाहरुले प्र.जि.अ. ज्यू लाई किन भनेनन् यस कारण पनि समाचार पुर्णतया पुर्वाग्राहि प्र्र्रमाणित हुन्छ ।
बृद्धा,बिद्यार्थी र तिर्थयात्रीको भोजन अन्नदान क्षेत्रमा गराईदै आएको र अन्नदान क्षेत्रमा आउने नगदी,जिन्सी,लत्ता कपडा,सहयोग र भण्डारा भोजन आदि बिशेषत बृद्धाहरु तिर्थयात्री र बिद्यार्थीह?का लागी दान गर्ने गरेका छन् दान बाट नपुग शिवालय क्षेत्र बिकास कोष ,अन्नक्षेत्रको पृती पुराण कोष र आश्रमको श्रोत बाट ब्यवस्था गरिन्छ । अन्नदान क्षेत्र एक्लैले भोजनको ब्यवस्था गर्ने होईन र यो संस्था छुट्टै नभएर कोषको मातहतमा रहेको छ । समाचार लेख्नुहुने पत्रकार मीत्रह? पौष ९ गते साँझ आश्रममा जानु भएछ कसैले प्रायोजीत ?पमा नकरात्मक समाचार लेखाउन बोलाइएको थियो वा आफै जानुभयो उहाह?लाई नै थाहा होला आश्रममा पुगेपछि कमसेकम आश्रम र शिवालयका पदाधिकारी संग सम्पर्क गरि बुझ्नु पथ्र्यो सरोकारवाला संग भेटै नगरि एक्कासी समाचार लेख्नु नियोजित रुपमा वृद्धाश्रम र आश्रमका पदाधिकारीहरुको बदनाम गराउने उद्देश्यले प्रेरीत देखीन्छ ।
समाचार लेख्ने पत्रकार मित्रहरुले ३/४ महिना अघिसम्म गलेश्वर क्षेत्रका बारेमा सधै सकरात्मक र प्रचारात्मक समाचार लेख्दै आउनु भएको थियो । गलेश्वरधामलाई आजको अवस्था सम्म ल्याई पुर्याउन उहाहरुको अंहम भुमीका रहेको छ । त्यसैले हामीहरुले उहाहरुको उच्च मुल्याङ्कन गरेका छौ । ठाकुर आचार्य जी शिवालय कोषको कार्यकारी सभा सदस्य समेत हुनुहुन्छ । यहाको व्यवस्थापनमा उहाको पनि दायित्व रहन्छ । यस पटकको उहाह?को समाचारले हामी आश्चर्यचकित भएका छौ ।
बाध्यताबंस आश्रमका अध्यक्ष करिब ५ महिना जिल्ला बस्न नसकेको कारण सो अवधिमा उहाहरु संग सम्पर्क भएन त्यही कारणले यस्ता गलत समाचार लेखिएको हुन सक्छ । सम्पुर्ण गलेश्वर क्षेत्रको बिकास उन्नती प्रगती देख्न नसक्ने सधै नकरात्मक सोच राख्दै आएका जस्ले गलेश्वर क्षेत्रको बिकास मा १ रुपैयाँ १ गेडा जिन्सी र १ मिनेट समय नदिने केही असमाजिक अधार्मिक तत्वहरुको नियोजीत भ्रममा परी समाचार लेखिएको त होईन ?
जे कारणले होस समाचारमा लेखिएका सम्पुर्ण ब्यहोरा सरासर झुट्टा,भ्रामक,कपोकल्पीत,आधारहिन,पुर्वाग्राही बिचार बाट ग्रसीत छन् समाचारको कुनैपनि बुदामा सत्यता छैन । सुर्यलाई औलाले छेक्ने प्रयास भएको छ । गलेश्वरधाम क्षेत्र र यहाको बृद्धाश्रमलाई नगदी जिन्सी लत्ताकपडा बितरण गर्ने र बृद्धहरुलाई जिउदा देवताको रुपमा मान्नुहुने दाता महानुभावहरु संघसस्था र सहयोगी हातहरु यस्तो भ्रामक झुट्टा प्रमाणहिन समाचार बाट कत्तिपनि बिचलीत नहुन आग्रह गर्दछौ ।
गलेश्वर बृद्धाश्रममा रहेका अनाथ,असाहाय,असक्त,अपहेलीत,अपाङ्ग बृद्धाहरुले पाएको सेवा सुविधा कटौती गर्ने उदेश्यले आश्रम र गलेश्वर क्षेत्रकै बदनाम गराउने जस्ता समाचारले गलेश्वर क्षेत्रका संघ सस्थाका पदाधिकारीहरु र स्थानीय जनता दुखित भएका छौ । समाचारलाई लाईक,कमेन्ट र सेयर गर्नुहुने मान्यजनहरु एक पटक यर्थात बुझेर आफ्ना बिचार राख्दा उचित हुने थियो बुझी बुझी बुज पचायर कमेन्ट लेख्ने हरुलाई हाम्रो भन्नु केही छैन । आफ्ना बृद्धा आमा बुवाको दैनीकी बारे पनि र्फकेर हेर्नु होला ।
हामी दावाको साथ भन्छौ नेपाल सरकारले चलाएको पशुपति क्षेत्रको बृद्धाश्रम, अरु निःशुल्क सेवा दिने आश्रम र आश्रमको नाममा डलरको खेति गर्ने बृद्धाश्रम भन्दा गलेश्वरधाम बृद्धाश्रम उत्कृष्ट र नमुनाको रुपमा संचालन गर्न सफल भएकोमा हामीलाई गर्व लागेको छ ।
कल्पोकल्पीत समाचार लेख्ने मित्रह? बाट अव त्यहाको अभाव र खाचो हटाउन कति राहत ब्यवस्थापन गर्नु हुन्छ भविश्यमा देखिनेछ । अस्तु ः
देवाधिदेव श्री गलेश्वर महादेवले सबैको कल्याण ग?न ।

विश्वकै अलौकिक तीर्थस्थल गलेश्वरधाम बे.न.पा ९ म्याग्दीको बालाचर्तुदर्शी मेला सम्बन्धी अनुरोध ।

२०७६ सालको बालाचर्तुदर्शी मेला मंसिर ९ गते शिवजीको बार सोमबार परेको हुदा स्वयम प्रकट अलौकिक तीर्थस्थल गलेश्वरधाम शिवालयमा दर्शन पुजन जलाधार र सतविज रोपण गर्नाले पृतिहरुको उद्धार सुख सम्वृद्धि र मनोकामना पुरा हुने हुदा आफ्नो सपरिवार सहित गलेश्वरधाम पाल्नु भै,योलोक परलोक दुवै सपारी शिव सानिध्य प्राप्त गर्न हार्दिक अनुरोध गर्दछौ ।
सम्पर्क नम्बरहरु ०६९–४११०९०,९८५१०९१९९६,९८६७६०९८५४,९८५७६४०१९०

गलेश्वर शिवालय क्षेत्र विकास कोष
बे.न.पा ९ म्याग्दी

गलेश्वर शिवालय क्षेत्र विकास कोषको शिवरात्री मेला सम्बन्धि अनुरोध ।

२०७४ फागुन १ गते महाशिवरात्री पर्वका अवसरमा बे.न.पा ९ म्याग्दी स्थित विश्वकै अलौकिक अद्धितिय तिर्थस्थल गलेश्वरधाममा स्वयम प्रंकट ज्योतिर्लिङ्ग,१०८ शिवलिङ्ग ,हालै प्रतिष्ठीत शंकरभगवानको नटराज अवतार लगाएतका देवालय शिवालयहरुमा जल,वेलपत्र,सुनचादीका वेलपत्रहरु,बस्त्र आभुषण,बसाह,रोट आदी समपर्ण ,दर्शन पुजन,यज्ञ यज्ञादी ,रातमा अखण्ड माहाबत्ती बालि दान तथा पुण्य कार्य गर्नाले नारीहरुमा अटल सौभाग्य,विद्या,धन,सन्तान,सुख सम्वृद्धी र दिर्घायू प्राप्त हुनेहुदाँ महाशिवरात्री पर्वमा गलेश्वरधाम म्याग्दीमा पाल्नु भै अक्षय पुण्य प्राप्त गर्न सम्पुर्ण धर्मावलम्बीहरुमा हार्दिक अनुरोध गर्दछौ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोष
बे.न.पा. ९ गलेश्वर

phone-069411090,9851091996,9857624484,9860627926

 

मिति ०७४ पुस १२ गते बुधबार श्री गलेश्वर शिवालय क्षेत्र विकास कोषको १२ औ कार्यकारी साधारण सभा तथा गलेश्वरधाम जेष्ठ नागरिकको ७ औ कार्यकारी सभा सम्पन्न भएको छ ।

बे.न.पा ९ गलेश्वर शिवालय क्षेत्र विकास कोष र गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको कार्यकारी सभा सम्पन्न भएको छ । उक्त कार्यकारी सभामा कोषको आर्थिक गतिविधी र विकास निमार्णका कार्यहरु बारे जानकारी भएको छ कोषको आ.व ०७३/०७४ असार मसान्त सम्मको अल्या रु १,६८,०३,५६१।५५(एक करोड अरसठ्ी लाख तिन हजार पाँच सय एक्सठ्ी रुपैयाँ पचपन्न पैसा ) बैं र नगद मौज्दात रहेको छ र चालु आ.व ०७४ श्रावण देखी असोज मसान्त सम्मको कुल आम्दानी अल्या संग रु १,९८,६७,०४८।७१(एक करोड अन्ठानब्बे लाख सरसठ्ी हजार अर्चालिस रुपैयाँ एकहत्तर पैसा) छ र श्रावण देखी असोज मसान्त सम्मको कुल खर्च रु १९,२६,७७०।–(उन्नाइस लाख छब्बीस हजार सात सय सत्तरी ) भइ रु  १,७९,४०,२७८।७१(एक करोड उनासी लाख चालिस हजार दुई सय अठहत्तर रुपैयाँ एकहत्तर पैसा ) बैंक र नगद मौज्दात रहेको छ । गतवर्ष  ०७४/०७५ को लागी ३,५२,०२,८५५।– (तिन करोड बाउन्न लाख दुई हजार आठ सय पचपन्न रुपैया) को अनुमानित बजेट प्रस्तुत गरिएको थियो भने आ.व ०७५/७६ को लागी रु ३,६४,८८,९००।–(तिन करोड चौसठ्ी लाख अठासी हजार नौ सय रुपैयाँ)को अनुमानित बजेट प्रस्तुत गरिएको छ । त्यस्तै गरि जेष्ठ नागरिक आश्रम को ०७३/०७४ को बार्षिक  लेखा परिक्षण भै कुल आम्दानी रु ३७,५३,३२१।९३ (सर्तिस लाख त्रिपन्न हजार तिन सय एक्काइस रुपैयाँ त्रिरानब्बे पैसा ) कुल खर्च रु ९,२०,१४५।४५(नौ लाख विस हजार एक सय पैचालिस रुपैया पैचालिस पैसा ) भई अल्या हुन आएको रकम रु २८,३३,१७६।४८(अठइस लाख तेत्तीस हजार एक सय छ्यात्तर रुपैया अर्चालिस पैसा ) त्यस्तैगरि गतबर्ष ०७४/०७५ को लागी अनुमानित बजेट रु १,२०,००,०००।–(एक करोड विस लाख ) भएकोमा अहिले ०७५/०७६ को लागी अनुमानित बजेट रु १,२१,६०,०००।–(एक करोड एक्काइस लाख साठी हजार रुपैया )प्रस्तुत गरिएको छ । माथी उल्लेखीत विवरण अध्यक्ष ,सचिव र कोषाध्यक्ष को प्रतिवेदनमा भए गरेका कार्यहरु को सर्व सम्बत रुपमा साधारण सभाबाट पारित भएका छन ।

यस वर्षको बालाचर्तुदशी तथा सतविजारोपण मेला मंसीर १ गते

गत वर्षहरुमा जस्तै यस वर्ष पनि बालाचतुर्दशी तथा सतविजारोपण मेला यही मिति २०७४ मंसीर महिनाको १ गते रहेको छ बालाचतुदर्शी मेलामा सतबिज छर्नाले प्रीतीहरुको उद्धारका साथै पति पत्नीको दिर्घायु र सुस्वास्थ्यको कामना सहीत श्रदालु भक्त सज्जन हरुको कात्तिक महिनाको ३० गते मसान्तको दिनबाट नै बाजा नाच गान सहीत निकै नै भिड भाड हुने गर्दछ । गत वर्ष को बालाचतुदशी मेलामा एकै दिनमा करिब ३०,०००।– तिस हजार जनाले दर्शन पुजन गरि सतबिज छरेका थिए ।

प्रशिद्ध तिर्थस्थल गलेश्वरधाम

विश्वकै अलौकिक र अकल्पनीय तिर्थस्थल नौ रोपनी क्षेत्रफलको एउटै चट्टन माथी अवस्थित म्याग्दी को बेनी न.पा. ९ मा रहेको गलेश्वरधाम को बारेमा तपाईहरुले बिश्वको जुनसुकै ठाउबाट पनि यसको सबै जानकारी पाउनका लागी हाम्रो webside-leveln2.sg-host.com लग अन गरी यहाको गतिविधि बारे सबै जानकारी लिन सक्नुहुन्छ

मोनाको दोस्रो अधिवेशन म्याग्दीको दोस्रो सदरमुकाम दबाङ् बजारमा

मोनाको दोस्रो अधिवेशनको उदघाटन समारोह मिति २०७४ असोज महिनाको २२ गते दबाङ्मा गलेश्वर शिवालय क्षेत्र विकास कोष र गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको तर्फबाट अतिथिहरुको स्वागत तथा उपस्थिति

भक्तजनद्वारा चढाइएका मण्डव भेटी रकम रु १४८७३८।–

गलेश्वर शिवालय क्षेत्र विकास कोषका समितिका पदाधिकारी, सहयोगी सदस्य, कर्मचारी, प्रहरी लगाएतले भेटी रकम गन्दै Continue reading भक्तजनद्वारा चढाइएका मण्डव भेटी रकम रु १४८७३८।–