अन्नदान क्षेत्र


गलेश्वरधाम मुक्तिनाथ र दामोदारकूण्ड आवागमन गर्ने दर्शनार्थी, तिर्थयात्री, साधुसन्त, महन्त, अपाङ्ग अनाथ, वृद्धाहरुको लागि अन्नदान क्षेत्र सञ्चालन गरी निःशुल्क भोजनको व्यवस्था गरिदै आएको र विभिन्न क्षेत्रका दाताहरुले अन्नदान, तुलादान र भोजनको लागि आर्थिक सहयोग गर्दै आएका छन् । अन्नदान क्षेत्रसँगै गौशाला समेत जोडिएको छ । गलेश्वरधाम क्षेत्रका धर्मशाला यात्री निवास अन्नदान क्षेत्रमा एकै दिनमा ३०० जनासम्म दर्शनार्थी, तिर्थयात्री आगन्तुकहरुलाई बसोबास र भोजनको व्यवस्था गरिएको छ ।