आज श्रीकृष्ण जन्माष्ठमि सोमबारमा गलेश्वर भगवानको र्दशन गर्न विभिन्न ठाउँबाट आउनु भएको भक्तजनहरुले १०८ शिवलिङ्गमा वेलपत्र चढाई भगवानको र्दशन तथा पूजन गर्नेहरुको विहानदेखिनै ठूलो भिड लागेको छ ।
वर्षा ऋतुमा जसरी गंगाजीमा बाढि आएको हुन्छ आज गलेश्वरधाममा पनि भक्तजनहरुको अपार बाढी आएको छ । तर यो बाढी लथालिङ नपार्ने भएर शान्ति र सुखको बाढी हो । राष्ट्रमा बाढीद्धारा धनजनको धेरै क्षती भएको छ भगवन श्री गलेश्वरको कृपाले सिघ्र सबैमा सु सान्ति प्राप्त होस् जय बोल बोम जय गलेश्वर ।।।
