गलेश्वर मन्दिरमा ८ वटा सिसी क्यामेरा जडान

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा जडान गरिएका क्लोज सर्किट क्यामेरा (सिसिटिभी) विस्थापित गरेर नयाँ जडान गरिएको छ । महाशिवरात्रीमा नेपालका विभिन्न जिल्लाबाट आउने भक्तजनलाई सहज र सुरक्षित पुजाआजाको ब्यवस्था मिलाउन गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरका महत्वपुर्ण स्थानमा क्यामेरा जडान गरेको कोषका अध्यक्ष रुद्ध बहादुर कार्की ले बेनीअनलाइनलाई बताए ।

‘भक्तजनलाई अझै सुरक्षित बनाउने प्रयासमा छौ । मन्दिरभित्र सोलार बत्तीको ब्यवस्था समेत गरिएको छ’ उनले भने । सदरमुकाम बेनीमा जडान गरिएको सिसी क्यामेराको कम्पनीसंग सहकार्य गरी मन्दिरको प्रमुख प्रवेशद्धारको भित्र, भित्री प्रवेशद्धार, मुख्य मन्दिरका विभिन्न स्थान, शिवलिङ्ग, गणेश मन्दिरका साथै विभिन्न स्थानमा गोप्य स्थानमा समेत क्यामेरा राखिएको छ ।
अत्याधिक भक्तजनहरुको आवतजावत हुने स्थानमा समेत कुनैपनि अपराधिक मानसिकता भएकाहरुले चोरी गर्न नमिल्ने गरी क्यामेरा जडान गरिएकाले मन्दिरमा पुजाआजा गर्न सुरक्षित रहेको कोषले जनाएको छ । शिवरात्रीको तयारीमा जुटेको कोषले गलेश्वरको प्रवेशद्धार आसपासका क्षेत्रमा समेत सुरक्षा ब्यवस्था, पार्किङ्ग लगाएतका गतिविधिलाई समेत ब्यवस्थित बनाइरहेको छ ।

पछिल्ला केहीबर्ष यता गलेश्वरमा अत्याधिक भक्तजनहरु देखिने गरेका छन् । महाशिवरात्रीमा दुईदिनमा करिव २५ हजारभन्दा धेरै भक्तजनहरुको आगमनको अनुमान गरिएको छ । पवित्र कालिगण्डकी नदी किनारमाथिको ९ रोपनी क्षेत्रफलमा विशाल चक्रशिलामा फैलिएको गलेश्वरमा शिवरात्रीमा भित्रिएका भक्तजनलाई ब्यवस्थापन गर्न आवश्यक तयारीमा समेत कोष जुटेको छ ।

You Might Also Like