galeshwor-dham-mandir

गलेश्वरधाममा आउने दर्शनार्थीहरु का लागि सुचना

१.शिवालय प्रवेशः गलेश्वरधाममा आउने दर्शनार्थीहरु, तिर्थयात्रीहरु र्सव प्रथम पश्चिम तर्फो मुख्यद्धारबाट शिवालय क्षेत्रमा प्रवेश गर्नु पर्दछ  ।
२.शाकाहरी भोजनालयः मूल प्रवेशद्धारको बाया साइडमा दर्शनार्थी, तिर्थयात्रीहरुको  लागि शाकाहारी भोजनालयको व्यवस्था गरिएको छ।

३.यात्री निवास, सचिवालयः भोजनालयसँगै कोषको सचिवालय रहेको छ त्यहाबाट आवश्यक जानकारी लिने दिन सकिन्छ छ । सोही भवनमा एटेच, कमनबाथरुम समेत सुविधा युक्त यात्री आवासमा बसोबासको व्यवस्था छ ।
४.हरित बगैचा, विश्राम स्थलः सचिवालयबाट अगाडि  बायाँतर्फहरियाली बगैचा, पोखरी र दायातर्फविश्राम स्थलका साथै चौपारीमा गलेश्वर माहादेवबाट अष्ठसिद्धि ज्ञान प्राप्त गर्नु भएका गलेश्वरबाबाको दर्शन गरिन्छ ।
५. सत्संग सेवा सदनः बगैचाभन्दा पूर्व तर्फसत्संग भवनमा प्रवचन, सभा, सम्मेलन, गोष्ठी, सेमिनार, पितृभोज धार्मिक कार्य आध्यात्मिक प्रवचनका लागि ठूलो सभाहल र माथिल्लो तलामा विशिष्ठ व्यक्तिहरुका लागि  कोठाहरुको व्यवस्था लगाएत ध्यान ,जप तथा तपस्या स्थल हरेका छ ।
६. संस्कृत विद्यालय, भोजनशालाः खुला मैदानको दक्षिणी भागमा स्थानिय शैलिमा बनेको संस्कृत विद्यालय छ र त्यहाँ संस्कृत, गणित, नेपाली, अंग्रजी, सामाजीक शिक्षाको पठन पाठ्न हुन्छ । विद्यालयको  पश्चिम तर्फ यात्रीहरुका लागि खाना बनाउने र खाने भोजनालयको व्यवस्था छ ।
७. कृतिस्तभः गलेश्वर बाबाको दायाँ भागमा गलेश्वरधाम क्षेत्रमा सञ्चालित महायज्ञ र अन्य समयमा योगदान गर्ने चन्दा दाताहरुको नामावली लेखिएको स्तभ राखिएको छ ।
८. भित्रिवेशद्धारः बाहिरी परिसरबाट भित्रीद्धारको पूर्वि भागमा चन्दादाताहरुको नामावली छ । द्धारवाट भित्र पस्नासाथ नौ -९) रोपनी क्षेत्रफलको एउटै चक्रशिवशिलामा प्रवेश हुन्छ जुन शिवशिलामा ज्योतिर्लिङ्गेश्वर महादेव लगाएत विभिन्न देविदेवताहरु स्वयम प्रकट भएका छन् र शास्त्रमा उल्लेख भए अनुसार केहि देवीदेवताहरुको थप मुर्तीहरु  स्थापना गरिएका छन् ।
९. श्री गणेश भगवानः भित्रिद्धारबाटै देखिने सानो मन्दिरमा बैदिक धर्म अनुसार र्सवप्रथम श्री गणेश भगवानको पुजा अर्चना गरी दर्शनार्थीहरु क्रमशः श्री गलेश्वर शिवालय मूल मन्दिरलाई दाहिने परिक्रमा गर्दै दक्षिण क्षेत्रमा रहेकी नवदुर्गा भवानीको पुजा अचर्ना दर्शन गरिन्छ ।
१०. गलेश्वरधाम मूल मन्दिरः दुर्गा भवानीको दर्शन पुजन पश्चात् मन्दिरको दक्षिण ढोकाबाट भित्र सतीदेवीको गला पतन भै श्री महादेव शिवशक्ति स्वरुपले स्वयम प्रकट हुनु भएको गलेश्वर ज्योतिर्लिङ्गेश्वर महादेवको पुजा अचर्ना रुद्राभिषेक आदि कार्य गरी पश्चिम ढोकाबाट बाहिरीदै धुपवत्ति स्थलमा धुपदिप प्रजोलन  कार्य गरिन्छ ।
पवन पुत्र हनुमान, जलबराहकूण्डः मूल मन्दिरको दर्शन पश्चात् हनुमानको दर्शन गरी दक्षिण तर्फशिलाको उच्च भागमा कहिल्यै नसुक्ने ब्रहृम जलकूण्ड र निलकण्ड भगवानको दर्शन गरिन्छ र कूण्ड परिक्रमसँगै  विशाल शिवशिला अवलोकन गर्दै पश्चिम उत्तर तर्फशिलामाथि स्वयम उत्पत्ति भएका शिवलिङ्ग, शालिग्राम , शंखचक्र, नागदेवता र भगवानका पाउहरुको प्रत्यक्ष दर्शन गर्न पाइन्छ ।
११. लक्ष्मीनारायण, यज्ञमण्डपः शिवशिलामाथि लक्ष्मीनारायाण र गौमाताको पुजा गर्दै यज्ञमण्डप प्रवेश गरी पञ्चायन देवताको दर्शन गरिन्छ । यज्ञ मण्डपमा दैनिक ठूला साना यज्ञ यज्ञादी र भजन कृतन चलिरहन्छन् ।
१२. नागदेवताः यज्ञ मण्डपबाट १०८ शिवलिङ्गेश्वर परिक्रमा स्थल तर्फजादै गर्दा स्वयम प्रकट नाग देवताको दर्शन गरी १०८ नर्वदेश्वर शिवलिङ्गहरुको परिक्रमा गर्दै राजा भरत, मृगरुपि भरत, जडभरत र राजषिर् रहुगणको दर्शन पुजन गरी मुल मन्दिरको दक्षिण तर्फअग्नि देवता होमनकूण्डमा पुर्ण आहुती  गरिन्छ ।
१३. राधाकृष्ण मन्दिरः होमनकूण्डदेखि दक्षिण भागमा भारतिय शैलिमा निर्माण भएको राधाकृष्णको मन्दिरमा विभिन्न प्रकृतिका देविदेवताको पुजा अर्चना हुन्छ ।
१४. यज्ञशाला/पृतिर्तपण स्थलः होमनकूण्डसँगै विभिन्न यज्ञ यज्ञादि, विवाह र अन्य शुभकार्य गर्न यज्ञशाला मण्डप र पिपलको रुख मुनि पितृकार्य, तर्पण स्थल रहेको छ । सोहि मण्डपदेखि पूर्वतर्फको पथमार्गबाट राजाभरत ध्यानस्थल र गण्डकी स्नान गर्न जान सकिन्छ ।
चक्रशिवशिला परिक्रमा पथः विशाल चक्रशिवशिलालाई पार्किङ्ग क्षेत्रवाट शिवालय मन्दिरको मूलद्धार हुदै पूर्व भागबाट दक्षिण तर्फ परिक्रमा पथबाट चक्रशिवशिला पुरै परिक्रमा गर्न सकिन्छ ।
१५. क्याम्पिङ्ग तथा वाटिका -पार्क क्षेत्रः मुख्य प्रवेशद्धारदेखि वाहिरबाट उत्तरपूर्व हुदै कालिगण्डकी स्नान, गर्न जाने क्षेत्रमा बाहय पर्यटकहरुका लागि किचन, शौचालय सहितको क्याम्पिङ्ग क्षेत्र, हेलिप्याड र पार्क -वाटिका) रनिङ स्थल र खेलकुद मैदान निर्माण भएका छन् ।
१६. फुलप्रसादी क्षेत्रः शिवालय मन्दिर मूलद्धार पुग्नु पहिले नै दर्शनार्थीर्हरुका लागि कोषकै तर्फबाट फूलप्रसाद विक्री कक्षको व्यवस्थापन गरिएको छ ।
१७.पार्किङ्ग क्षेत्रः गलेश्वरधाम शिवालय क्षेत्र परिसरमा सार्बजनिक शौचालय, प्रतिक्षालय सहित कोषको आफ्नै निःशुल्क पार्किङ्गको व्यवस्था छ ।
१८. स्नान शौचालयः शिवालय बाहिरि परिसरमा आगन्तुक तिर्थयात्री दर्शनार्थीहरुका लागि एटेच बाथरुम सहितका प्रयाप्त स्नान स्थल र शौचालयको व्यवस्था गरिएको छ ।
१९. वृद्धाश्रमः भवनहरुः गलेश्वरधाम वृद्धाश्रम क्षेत्रमा वृद्धाहरुको लागि NRN. ले निर्माण गरिएको र स्थानिय सहयोगमा निर्माण भएको २ वटा पक्कि सौर्य सोलार जडित समाज कल्याण मन्त्रालयको सहयोगमा निर्मित २ कच्चि भवन, पाकशाला, भोजनशाला, प्रतिक्षालयको सुविधा छ ।
२०. अन्नदान क्षेत्रः गलेश्वरधाम मुक्तिनाथ र दामोदारकूण्ड आवागमन गर्ने दर्शनार्थी, तिर्थयात्री, साधुसन्त, महन्त, अपाङ्ग अनाथ, वृद्धाहरुको लागि अन्नदान क्षेत्र सञ्चालन गरी निःशुल्क भोजनको व्यवस्था गरिदै आएको र विभिन्न क्षेत्रका दाताहरुले अन्नदान, तुलादान र भोजनको लागि आर्थिक सहयोग गर्दै आएका छन् । अन्नदान क्षेत्रसँगै गौशाला समेत जोडिएको छ । गलेश्वरधाम क्षेत्रका धर्मशाला यात्री निवास अन्नदान क्षेत्रमा एकै दिनमा ३०० जनासम्म दर्शनार्थी, तिर्थयात्री आगन्तुकहरुलाई बसोबास र भोजनको व्यवस्था गरिएको छ ।

 २१. स्वास्थ्यकेन्द्रः गलेश्वरधामधमा आश्रीत वृद्धाहरु, तिर्थयात्री स्थानिय जनताहरुको समेत सुविधालाई ध्यानमा राखि सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ । स्थास्थ्य केन्द्रमा औषधी उपकरणहरु नपुग भएकाले दाताहरुको सहयोग आवश्यक रहेको छ ।

२२. फ्री वाइ फाई जोन र सि.सि क्यामेरा:गलेश्वरधाममा आउने दर्शनार्थीहरुको सुविधाका लागि शिवालय परिसरलाई फ्री वाइ फाई जोन र सि.सि क्यामेरा जडान राखिएको छ। सबैको सुरक्षार्थ शिवालय परिसरसँगै प्रहरी चौकी पनि रहेको छ ।

धर्मप्रेमी,भक्त सज्जनहरु जसरि पनि गलेश्वरधाममा पुजा, अर्चना,  यज्ञ,यज्ञादी गरी मनोकामना पुरा गरौँ ।
यो लोक, परलोक दुवै सपारौँ ।

  • गलेश्वरधामको सदस्यता लिन के गर्नु पर्ला ?
    गलेश्वर शिवालय क्षेत्र विकास कोषको विद्यान अनुसार रु १०००।- देखि रु ५००००।- पचास हजारसम्म आर्थिक सहयोग गर्ने वा सो बराबरको भौतिक, सामाजिक कार्य गर्ने व्याक्ति कोषको साधारणदेखि श्रेष्कर र रु ५० हजार देखिमाथि १० लाखसम्म उल्लेखित योगदान गर्नेहरु आजिवन सदस्य बन्न कक्नेछन् ।
    ·१० लाखभन्दा माथि आर्थिक सहयोग वा सो बराबरको भौतिक संरचना वा गलेश्वरधाम क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याएको व्यक्ति कोषको संरक्षक बन्न सक्ने छन् ।
  • गलेश्वरधाम के कस्ता पुजापाठ यज्ञहरु गर्न सकिन्छ?
    विशेष त लघुरुद्रिदेखि अतिरुद्रिसम्मका रुद्राभिषेक १८ पुराणहरु, कालर्सपयोगशान्ति, विविध पाठपरायण, एकाह पृतिपुराण, तर्पण श्रद्धा, नारायण पुजा, ग्रहशान्ति, पशुपत व्रत, अनुष्ठानहरु, विवाह, ब्रतवन्ध, तुलादान, पुनश्चरण लगाएत वैदिक सनातन हिन्दर्ुधम अुनसारका सबै यज्ञयज्ञादीहरु गर्न सकिन्छ ।
  • गलेश्वरधाममा के कसरी पुजा गरिन्छ ?
    र्सवप्रथम कृष्ण गण्डकी स्नान पश्चात् गलेश्वर ज्योतिर्लिङ्गेश्वरमा जल, दुध, घिऊ, मह, चिनि पञ्चमृत, चन्दन, अक्षता, धुपदिप, नैवेध, बेलपत्र लगाएतका विभिन्न प्रकारका फुलमाला, फलहरु, बस्त्र, नगद, द्रव्य, सुनचाँदीका बेलपत्र, अलङकार, तामा र पितलका बसाह, त्रिशुल, नरिवल, रोट, गाई, बाच्छा, बहर, शृङ्गारका सामानहरु, पाएस, जौ, तिल, तेल, धान, घण्टा, डमरु र आ-आफ्ना ग्रह अनुसारका सामाग्रीहरुले पुजा अर्चना गरिन्छ ।
    सुन तथा चाँदीका बेलपत्र, नागदेवता, पञ्चधाँतुहरु चढाँउन चाहेमा शिवालय कोषबाटै सुपथ मुल्यमा उपलब्ध गराउने व्यवस्था छ ।
  • कर्ता स्वयम उपस्थित हुन नसके के गर्ने ?
    गलेश्वरधाममा पुजा यज्ञयज्ञादी गर्ने चाहाना भएका तर स्वयम आफै उपस्थित हुन नसक्ने स्वदेश तथा विदेशमा रहेका माहानुभावहरुले आफुले गर्न चाहेको यज्ञयज्ञादी बारे फोन तथा इमेलबाट जानकारी गराउन सक्नुहुने छ । सोहि अनुसार उनिहरुको यज्ञ,यज्ञादी गरिन्छ र तोकिएको रकम मनिट्रान्सफर वा बैंक मार्फत पठाउने व्यवस्था गरिएको छ । सम्भव भएसम्म प्रसादी उपलब्ध गराइन्छ ।
    गलेश्वरधाम प्राचिन ऋषिमुनी, राजा महाराजाहरुको तपोभूमी सिद्धज्ञानभूमी पवित्र पुण्य पावनभूमी भएको कुरा शास्त्रहरुले सिद्धगरेको सर्बविदितै छ । यस पुण्य क्षेत्रलाई ध्यानयोग र तपोभूमी कै रुपमा विकास गर्दै जाने ।
    गलेश्वरवरधाम क्षेत्र शिवालय मन्दिरमा गलेश्वर शिवालय क्षेत्र विकास कोष र नेपाल महर्षी वैदिक फाउन्डेसनको सहकार्यमा ११ जना बटुकद्धारा विधिवत दैनिक रुद्राभिषेक गराइन्छ । गलेश्वर शिवालयमा रुद्रभिषेक, जपपाठ, ग्रहशान्ति, जन्मोत्सव, पितृयज्ञ लगाएतका अनुष्ठान यज्ञहरु गर्न गराउन यज्ञ अनुसार शुल्क लिई गलेश्वरमा कार्यरत गुरु, ब्रहृमाण र विद्यालयका वटुकहरुद्धारा गराउने गरिएकोले ब्रहृमणहरु खोजी गर्न नपर्ने व्यवस्था मिलाइएको छ ।
  • गलेश्वरधाममा यज्ञयज्ञादी, दर्शन, पुजन र आर्थिक, भौतिक सहयोग किन गर्ने ?
    १,आफु र आफ्ना सन्तानको शुख, शान्ति, सम्बृद्धि र मनकामना पुरा गर्न ।
    २,सन्तान नहुनेलाई सन्तान, अपुत्रलाई पुत्र, निर्धनीलाई धन, विद्या वृद्धि प्राप्ति र रोग निवारण आदिका लागि ।
    ३,आफु र आफ्ना सन्ततिबाट जान अन्जानमा भए गरिएका पाप कर्मबाट मुक्ति पाउनलाई ।
    ४, रिस, द्धेश, काम क्रोध, इर्श्या, लोभ र पापबाट छुट्कारा पाउन ।
    ५, आफ्ना दिंवगत पृतिआत्माको उद्धार गरी यो लोक परलोक दुवै सपार्न ।
    ६, गलेश्वरधाममा तपस्या, ध्यानजप गरी सिद्दी प्राप्त गर्न ।
    ७,आफु र आफ्ना सन्तानको नाम शिलालेखमा अंकित गरी कालान्तर सम्म कृति राख्न ।
    ८,अनाथ, असक्त, अपहेलित, अविभावक विहिन, अपाङ्ग, बेवारिसे, वृद्धवृद्धा, एकल महिला, साधुसन्त, महन्त तिर्थयात्री भोग, सोक र रोगले पिडितहरुलाई निःशुल्क गाँसबास, कपास र औषधी उपचार गर्न गराउन ।
    ९,बैदिक सनातन हिन्दु धर्म संस्कृति र संस्कारको संरक्षण, सर्म्बर्द्धन प्रचारप्रसारका लागि संस्कृत विद्यालय सञ्चालन र आध्यात्मिक ज्ञान उपलब्धी गर्न योगसाधनलाई निरन्तरता दिन ।
    गलेश्वरधाम पवित्र पावन पुण्य भूमि  वृद्धाश्रम, अन्नदान क्षेत्रमा धेरै सके धेरै गरौ, थोरै सके थोरै गरौ, केहि न केहि त अवश्य सहयोग गरौ।  देवाधिदेव श्री गलेश्वर महादेवले कल्याण गरुन !